नेकपा(मओवादी केन्द्र) चन्द्रनगर गाउँमुल कमिटिले चन्द्रनगर गाउँपालिकाका अध्यक्षको गतिविधि प्रति आपती जनाउँदै विज्ञप्ती जारी गरेको छ ।शिक्षा,स्वास्थ्य,कृषि,पशु र भौतिक पूर्वाधारमा सुधारका लागि गाउँपालिका अध्यक्ष राज कुमार महतोलाई पटक–पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि वेवास्था गरेका कारण आफुहरु विज्ञप्ती मार्फत गाउँपालिका अध्यक्ष महतोको विरुद्ध उत्रनु परेको नेकपा(मओवादी केन्द्र) चन्द्रनगर गाउँमुल कमिटिका संयोजक लोकेन्द्र मुखियाले बताए ।
उनका अनुसार गाउँपालिकाबासीको चाहना विपरित विभिन्न सञ्चार माध्याममा गएर गाउँपालिका अध्यक्ष महतोले झुठो प्रचार प्रसार गरेको र आर्थिक वर्ष २०७९/०८० को आय/व्यय प्रत्येक शाखाको छुटा छुटै बैंक स्टेटमेन्ट गाउँ कार्यपालिकाको करिब चार तिहाई कार्यपालिका सदस्यहरुले माग गर्दा पनि हाल सम्म आलटाल गरेका,गाउँपालिकाको २०७९ श्रावण १ गते देखी २०८० आसार ३१ गते सम्मको आंशिक आय÷व्यय दिदा त्यसमा प्रत्येक एउटा शिर्षकमा तीन,चार ठाउँमा हिसाब देखाइएको, इन्धनमा ठूलो रकम देखाएएको तर १ जना पनि जनप्रतिनिधीहरुले इन्धन र सरकारी सवारी साधन नलिएको र भ्रमण नै नगरेको ठाउँमा २ पटक भ्रमाण र अन्य भ्रमण शिर्षक राखी ठूलो रकम देखाएको लगायतका कारण आफुहरु विज्ञप्ती मार्फत विरोधमा उत्रन बाध्य भएको गाउँपालिकाकी उपा अध्यक्ष गिता देवी महतोले बताईन् ।
गाउँपालिकाको भौतिक तथा गाउँपालिकाबासीका दैनिकीसंग जोडिएका विषयहरुमा गाउँपालिकाको रकम खर्च नगरी गाउँपालिका अध्यक्ष महतोले अन्य व्यानरका कार्यक्रमहरुमा ठुलो रकम खर्च गरेका,औषधी खरीदमा ठुलो रकम लगानी गरिएको देखिएपनि गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा सामान्य औषधी समेत नरहेका लगायतका कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ । आर्थिक अनियमितता गरेका गाउापालिका अध्यक्ष महतोले गाउँ घरमा गएर अनावश्यक भ्रामक प्रचार बाजी गरेका विज्ञप्तीमा उल्लेख गरिएको छ ।
माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष महतोलाई चन्द्रनगरबासी र सर्व दलिय सर्व पक्षीयलाई बोलाएर खुल्ला कार्यक्रम मार्फत आफुले गरेका गतिविधिहरु सार्वजनिक गर्न पनि आग्रह गरेको छ । साथै आर्थिक वर्ष २०७९/०८० को आय÷व्यय स्पष्ट रुपमा गाउँपालिका अध्यक्ष महतोले सार्वजनिक नगरेमा कडा आन्दोलनमा उत्रने पनि माओवादी केन्द्रद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।माओवादी केन्द्रद्धारा जारी गरिएको विज्ञप्तीमा आर्थिक वर्ष २०७९/०८० को आय÷व्यय स्पष्ट रुपमा सार्वजनिक गरि गाउा परिषद गर्ने बाटो खुलाउन पनि आग्रह गरिएको छ ।
चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र उपा अध्यक्ष सहित १५ जना कार्यपालिका सदस्यहरु रहेकामा अध्यक्ष महतोसंग ३ जना मात्रै कार्यपालिका सदस्यहरु रहेका छन् ।भने उपा अध्यक्ष गितादेवीसंग १२ जना कार्यपालिका सदस्यहरु रहेका छन् । गाउँपालिका अध्यक्ष महतो नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन भने उपा अध्यक्ष गितादेवी माओवादी केन्द्रबाट निर्वाचित भएकी हुन ।