जिल्ला प्रहरी कार्यालय सर्लाहीको डिआइजी चतुर्वेदीले गरे निरीक्षण

238 Shares

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम प्रहरी नायब महानिरीक्षक (डिआइजी)उमा प्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका छन् ।मधेश प्रदेश प्रहरी प्रमुखको रुपमा भरखरै आएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) चतुर्वेदीले मधेश प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुको निरीक्षण गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीको पनि निरीक्षण गरेका हुन ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय सर्लाहीका विभिन्न शाखा र हिरासत कक्षको निरीक्षण गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ताएवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।उनका अनुसार अनुगमनका लागि आएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) चतुर्वेदीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का, लगायतका प्रहरी अधिकारीहरुले जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरीको सेवा प्रवाहका सम्वन्धमा जानकारी गराएका छन् । 
प्रहरी नायब महानिरीक्षक (डिआइजी) चतुर्वेदीले निरीक्षण पश्चात प्रहरी उपरिक्षक खड्का सहितका प्रहरी अधिकारीहरु र जिल्लाका विभिन्न प्रहरी युनिटका प्रमुखहरुलाई निर्देशन समेत दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार