सर्लाहीबाट १३ वर्षमुनीका चार जना फुटबल खेलाडीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले छनोट गरेको छ।देशभरिबाट १३ वर्षमुनीका फुटबल खेलाडीहरु छनोट गरी रहेको एन्फाले सर्लाहीका चार जना सहित देशचरबाट ७५ जना छनोट भएका सूची सार्वजनिक गरेको हो ।
सर्लाहीको बागमती नगरपालिकाबाट प्रित मगर,लालबन्दी नगरपालिका १ बाट आदेश दास र लालबन्दी नगरपालिका १७ बाट आदित्य बलम्पाकी मगर त्यसैगरी हरिवन नगरपालिका ३ बाट उजेन मान लोप्चन १३ वर्ष मुनीका राष्ट्रिय फुटबल खेलाडीमा छनोट भएका सर्लाही फुटबल संघका उपा अध्यक्ष विभु सिंह थापाले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिकाबाट एक जना,लालबन्दी नगरपालिकाबाट दुई जना र हरिवन नगरपालिकाबाट एक एक जना गरी चार जना फुटबल खेलाडीहरु एन्फाले गरेको १३ वर्षमुनिका खेलाडीहरुको छनोटमा पर्न सफल भएका हुन्।
मधेश प्रदेशका आठ वटा जिल्लामध्ये सर्लाहीबाट सबैभन्दा धेरै एन्फाको छनोटमा पर्न सफल भएका छन् भने मधेश प्रदेशका महोत्तरी र पर्साबाट कोही पनि खेलाडी छनोट भएका छैनन् । सर्लाहीबाट एकै पटकमा चार जना खेलाडीहरु १३ वर्ष मुनीको फुटबल खेलाडीहरुमा छनोट हुनुमा एन्फाका प्रशिक्षक श्याम कटुवालको पनि विशेष भुमिका रहेको सर्लाही फुटबल संघका उपा अध्यक्ष थापाले बताए ।
छनोट भएका खेलाडीलाई एन्फाले अर्को सूचना जारी गरी काठमाडौँमा अभ्यास गराउने एन्फाका प्रशिक्षक कटुवालले बताए ।उनका अनुसार छनोट भएका खेलाडीहरूबाटै एन्फाले आगामी दिनमा उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियगिताहरूमा सहभागी गराउने छ ।