दुधौली ४ मा व्यक्ति र संस्थाको जग्गा विच विवाद,नगरपालिकाले मालपोतलाई लेख्यो पत्र

389 Shares

सिन्धुलीको दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्र किशोर थारुले सार्वजनिक जग्गा व्यक्तिको नाममा साट्ने प्रयासमा सहयोग पुर्याएका रहस्य बाहिरिएको छ।मालपोत कार्यालय सिन्धुलीलाई दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख थारुले हस्ताक्षर गरी पठाएको पत्र सार्वजनिक भएपछि सार्वजनिक जग्गा व्यक्तिको नाममा साट्ने प्रयासमा कार्यवाहक नगर प्रमुख थारुले सहयोग पुर्याएका रहस्य बाहिरिएको हो ।
उक्त पत्रमार्फत दुधौली नगरपालिका ४ डकाहास्थित शहरी स्वास्थ्य केन्द्र डकाहा सरकारी जग्गामा नभई निजी व्यक्तिको जग्गामा निर्माण भएको दाबी गर्दै,त्यस सट्टामा बराबर क्षेत्रफलको सार्वजनिक जग्गा सम्बन्धित व्यक्तिको नाममा दर्ता गरिदिन अनुरोध गरिएको छ । “के कुन प्रक्रिया पुरागरी सट्टा पट्टा पास गर्न मिल्छ वा मिल्दैन सो सम्बन्धमा नियमानुसार प्रक्रिया अगाडी बढाई दिन हुन सिफारिस गरिन्छ।”पत्रमा लेखिएको छ ।
स्थानीय खड्ग बहादुर श्रेष्ठले सो जमिन विगत चार दशकदेखि प्रयोग गर्दै आएको उल्लेख छ ।मालपोत कार्यालय सिन्धुलीमा पत्र पुगेपछि कर्मचारीहरू अलमलमा परेका छन् ।नेपालको प्रचलित कानुन अनुसार सरकारी वा सार्वजनिक सम्पत्ति निजी नाममा दर्ता वा साटासाट गर्न पाइँदैन।संविधान र भूमिसम्बन्धी नीति स्पष्ट भए पनि दुधौली नगरपालिकाबाट आएको यस्तो प्रस्तावले कार्यवाहक नगर प्रमुख थारुको निर्णय क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
जवरजस्ती करणी सम्बन्धी अभियोगमा पीडितले जाहेरी दिएपछि दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी दनुवार फरार छन्।भने नगर उप प्रमुख थारुले कार्यवाहक नगर प्रमुखको भूमिका समेत खेली रहेका थारुले गरेको यो हर्कत कानुनी कमजोरी मात्रै नभई राजनीतिक स्वार्थ र व्यक्तिगत लाभको गन्ध पनि आउँछ।”एक स्थानीयले बताए । यसबाहेक, प्रारम्भिक रूपमा नापजाँच गरेको प्राविधिक टोलीले पछि“गल्ती भएको”भन्दै सिफारिस नै परिवर्तन गरेको देखिनु अझै शंकास्पद छ।यसले प्रशासनिक प्रक्रिया मात्र नभई नियमनकारी निकायहरूको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उठेको छ ।सार्वजनिक सम्पत्तिको स्वेच्छाचारी उपयोग शासन प्रणालीको अपमान हो र यसको दीर्घकालीन असर विनाशकारी हुन सक्ने कानुन व्यावसायीहरूको भनाई छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पछिल्लो प्रतिवेदनमा सार्वजनिक जमिनहरू निजी नाममा दर्ता गर्ने चलनलाई गम्भीर भ्रष्टाचारको स्रोत मानेको छ र यस्तो प्रवृत्तिमा नियन्त्रण नआएमा सम्पूर्ण सार्वजनिक सम्पत्तिको अस्तित्व संकटमा पर्ने देखिन्छ भने स्थानीय तहमा भूमिसम्बन्धी निर्णय प्रक्रियाको पारदर्शिता र नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ ।
यता,कार्यवाहक नगर प्रमुख थारुले २०३१ सालमा साझा संस्थाले आफ्नो भवन निर्माण गर्दा आफ्नो जग्गाको साँध सिमाना एकिन नगरी संरचना बनाईएको र २०८१ सालमा उक्त भवन भत्काई शहरी स्वास्थ्य क्लिनिक डकाहाको भवन बनाउने तयारी भएपछि व्यत्तिको र संस्थाको जग्गा अदली बदली भएको थाहा पाइएको र सोही अनुसार कानुन अनुसार आ आफ्नो जग्गा आ–आफुले भोग चलन गर्ने वातावरण बनाउन सिफारिस गरिएको बताए ।उनले २०३९ सालमा उत्त जमिन बिक्रि भएको र सो स्थानमा व्यत्तिले संरचना निर्माण गरि सकेका कारण सरकारी संयन्त्रका कारण व्यक्ति मारमा परेका समेत कार्यवाहक नगर प्रमुख थारुले बताए ।
सो विषयमा नगरपालिकामा पटक पटक छलफल भएको र कुनै निष्कर्ष ननिस्केपछि आफुले कुनै कानूनी प्रक्रिया भए सोही अुनसार गरी दिन सिफारिस गरेको र त्यसमा कुनै गलत नियत नराखेको कार्यवाहक नगर प्रमुख थारुले बताए।जहाँ नगरपालिकाको प्राविधिक टोलीले गरेको स्थलगत सर्जमी मुचुल्का र वडाको सिफारिस समेत समावेश गरी पेश गरिएको उनले बताए ।

सम्बन्धित समाचार