हेटौँडामा महिला पत्रकारमाथि यौन हिंसाजन्य दुव्र्यवहार गर्ने पत्रकार विकास बञ्जाडे पक्राउ परेका छन्।नेपाल पत्रकार महासंघको चौथो पूर्ण बैठकका क्रममा हेटौँडामा पत्रकार बञ्जाडेले महिला पत्रकारमाथि यौन हिंसाजन्य दुव्र्यवहार गरेका नेपाल पत्रकार महासंघले जनाएको छ ।अभियुक्त पत्रकार बञ्जाडेलाई हेटौडास्थित एक अस्पताल परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार आइतबार प्रतिवादी बञ्जाडे बिरुद्ध पक्राउ पूर्जी जारी गरिएको थियो । अभियुक्त बञ्जाडेबिरुद्ध दुई दिन म्याद थप गरि अनुसन्धान सुरु भएको छ।पीडित महिला पत्रकारले आइतबार अभद्र ब्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दरखास्त दिएकी थिइन् ।
पत्रकार महासंघको केन्द्रीय सदस्य समेत रहेका बञ्जाडेले मदिराले लठ्ठिएर चैत्र २८ गते साँझ महिला पत्रकार एवम महासंघकी केन्द्रिय सदस्यलाई संवेदनशिल अंगमा हात लगाउने देखि चरम दुव्र्यवहार गरेको पीडितको आरोप छ।पत्रकार बञ्जाडेले यस अघि पनि गत असारमा पोखरामा सम्पन्न केन्द्रिय समितिको बैठकमा समेत पीडित महिला पत्रकारलाई आपत्तिजनक व्यवहार गरेका थिए ।
अभियुक्त बञ्जाडेलाई प्रचलित कानुन अनुसार कारवाही हुनु पर्ने पीडित महिला पत्रकारको माग छ।अभियुक्त पत्रकार बञ्जाडे नेपाल टेलिभिजनबाट कपिलवस्तु सम्वाददाता तथा प्रेस चौतारीका नेता समेत हुन्।यसअघि पत्रकार बञ्जाडेलाई नेपाल पत्रकार महासंघले केन्द्रिय सदस्य पदबाट निलम्बन गरिसकेको छ ।