सर्लाहीको गोडैता नगरपालिका १२ मधुवनीगाउँबाट स्रोत नखुलेको नगद रु १० लाख ३३ हजार सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका २ बस्ने ४६ वर्षीय तारा निधि पन्थ र काभ्रे पाँचखाल नगरपालिका १३ बस्ने ३४ वर्षीय श्रवण त्रिपाठी रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले मधुवनी बजारबाट भारततर्फ पदैल जाँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्ने क्रममा पन्थको साथबाट श्रोत नखुलेको रु २ लाख १० हजार र त्रिपाठीको साथबाट रु ८ लाख २३ हजार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।