वीङ्गरकाे ठक्करबाट १ जनाकाे ज्यान गयाे,प्रहबल्दार यादव घाइते

गणेश खड्का    प्रकाशित: २०८०-८-४ गते   ३१० पटक हेरिएको

पुर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको हरिवन नगरपालिका ९, नोचामा वीङ्गरको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने एक ट्राफिक प्रहरी हबल्दार घाइते भएका छन् ।
हरिवन नगरपालिका ९  नाेचास्थित छठघाटमा छठपूजा गरेर घर फर्किदै गरेकी सोही ठाउँकी अन्दाजी  ५२ वर्षीया लक्ष्मी पोखरेलको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार  अस्थायी ट्राफिक प्रहरी पाेष्ट हरिवनका प्रमुख ट्राफिक प्रहरी हबल्दार सुबाेध कुमार यादव घाईते भएका छन् ।
 मधेश प्रदेश-०३-००१ ज ०३४२ नम्वरको वीङ्गर  लालबन्दीबाट यात्रु लिन हरिवनकै नयाँरोडतर्फ गइरहेको अवस्थामा  ठक्कर दिँदा गम्भीर घाइते भएकी पोखरेललाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवन ल्याउदा  चिकित्सकले मृत घोषणा ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
वीङ्गरको ठक्करबाट छठघाटस्थलमा सडक सुरक्षार्थ खटिएका ट्राफिक प्रहरी  हवल्दार  यादवकाे बाँया खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।प्रहरी हबल्दार यादवलाई  हरिवनमा सामान्य उपचारपश्चात लालगढ माेडेल अस्पताल ढल्केवर धनुषा रेफर गरिएको  प्रहरीले जनाएकाे छ ।
 दुर्घटनामा संलग्न वीङ्गर र त्यसका चालकलाई ईलाका प्रहरी कार्यालय हरिवनकाे नियन्त्रणमा राखेर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech