Close This

माहुरीबाट पाठ सिक्न राजनैतिक दललाई माहुरी पालक किसानको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२७ गते   ३९९ पटक हेरिएको

जिल्लाको लालबन्दी नगरपालिका २ नवलपुरका माहुरी पालक किसान दुर्गा बहादुर खड्का माहुरी पालेरै खुशि हुनुहुन्छ ।उहाँ गरे के हुन्न भन्ने एक उद्धाहरणिय पात्र बन्नु भएको छ ।वार्षिक ३६ क्वुन्टल मह बोचेर १८ लाख आम्दानी गर्ने माहुरी पालक किसान खड्काले विगत ८/९ वर्ष यता माहुरी पाल्नमै व्यास्त रहनु भएको छ ।तरकारी खेतीमा रहनु भएका खड्का मौरी पालनमा लागेपछि थप खुसी हुनु भएको छ । तरकारी खेतीवाट पनि राम्रो आम्दानी गर्नु भएका खड्का तरकारी खेती झन्झटीलो पेशा भएका कारण माहुरी पाल्न थाल्नु भएको थियो । तरकारी तथा अन्य खेती गर्न भन्दा माहुरी पाल्न सहज भएका कारण आफुले माहुरी नै पाल्न थालेको उहाँको भनाई छ ।
माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो मिजासिलो स्वाभाव भएका खड्का माहुरी एकअर्काका पर्यायवाची हुन् । जिल्लामै सफल मौरीपालक कृषकका रूपमा स्थापित हुनुभएका खड्काका दुःख र सङ्र्घष भने सामान्य छैन । अझै आफ्नो धरातल बिर्सनुहुन्न र भन्नुहुन्छ, “अहिले सङ्घर्षरत छु, साँच्चिकै सफलता प्राप्त गर्न त अझै बाँकी छ ।”
कुनै समय कृषि पेशा तरकारी र कुखुरापालन गर्दा विफल भएर निराश नभएको पनि होइन तर त्यसबाट गम्भीर पाठ सिक्नुभएका खड्का अहिले माहुरी पालनबाट उत्साहित हुनुहुन्छ । उमेरले ६० पुग्ने लागेका खड्काले आज भन्दा करिब ८/९ वर्ष पहिला थोरै घारबाट माहुरी पालन व्यावसाय सुरु गर्नु भएको थियो । अहिले करिब २ सय घार माहुरी पाल्नु भएको छ ।माहुरी पालनको प्रचुर सम्भावना रहेको जिल्लामा सरकारी पक्षबाट खासै पहल नभएको उहाँको गुनासो छ । माहुरी पालक किसान खड्काले आफ्नो खुसी अरुलाई पनि बाँड्नु भएको छ ।मह बेचेको आम्दानीले उहाँले नवलपुरमा अढाइ तले घर बनाउनु भएको छ । एक छोरा र ४ छोरकिो पढाई,सिकाई सकेर बिबाह समेत गरि दिनु भएको छ ।
अहिले छोरा बुहारी पनि खड्कालाई माहुरी पालन व्यावसायमा सहयोग गरि रहेका छन । आफ्नो घरका छोरा बुहारी सहित अन्य एक जनालाई रोजगारी दिनु भएका खड्काको पुर्खौली सम्पतीको नाममा २ कठ्ठा घडेरी र ८ कठ्ठा खेत बाहेक केही थिएन । छोराछोरीको पढाई,सिकाई सकेर बिबाह समेत सकिदिनु भएका खड्का अब भने मह बेचेको आम्दानीले जग्गा जमिन जोड्ने योजनामा रहनु भएको छ । अरु व्यापार व्यावसाय भन्दा माहुरी पालन पेशा सजिलो भएका कारण अरु युवाहरुलाई पनि खड्काले माहुरी पालनमाा लाग्न सुझाव दिने गर्नु भएको छ । माहुरीले प्राकृतिबाट खेर गई रहेको रसलाई जम्मा गरेर मह बनाउँछ ।हामीले पनि माहुरीले जसरी मेहनत गर्ने हो भने संसार परिर्वतन गर्न समय नलाग्ने खड्काको भनाई छ ।
“कृषिमा धेरै दुःख गरियो, भैँसी पालेँ, खेतीपाती गरेँ, कुखुरा फार्म खोलेँ,तरकारी खेती गरेँ”, खड्काले भन्नुभयो, तर माहुरीले मात्रै आफुलाई चिनेजस्तो छ, यसबाट सफलता मिल्यो, सन्तुष्टि मिल्यो ।” 
मौरीपालनलाई व्यावसायिक बनाउँदै लैजानु भएका  खडेकाले उद्योगमा मह मात्रै होइन, मह उत्पादनका लागि आवश्यक आधुनिक घार र मौरीसहितको घार उत्पादन तथा बिक्री गर्दै आउनु भएको छ ।  वर्षमा ४ सय देखि ६ सयको हारहारीमा माहुरीका घारसमेत बिक्री हुँदै आएको उहाँको भनाइ छ । स्थानीय काठको प्रयोग गर्दै बनाइएको मौरीको घर पाँचदेखि १० वर्ष टिकाउ हुने खड्काको दाबी छ । 
उत्पादन भएको मह बिक्रीका लागि बजार जानुपर्ने अवस्था नरहेकाले उपभोक्ता घरमै मह खरिद गर्न पुग्ने गरेका छन् । सागरनाथ वन विकास परियोजनाको ठुलो जंगल क्षेत्र रहेको र सो जंगल क्षेत्रमा उपयुक्त चरन क्षेत्र भएका कारण एकै घारबाट वर्षमा चारपटक मह निकाल्न सकिने उहाँको अनुभव छ । “चरन क्षेत्र उपयुक्त भएको स्थानमा असोज, कात्तिक, फागुन र जेठमा मह निकाल्न सकिन्छ” खड्काले भन्नुभयो “गाउँको हावापानीमा हुर्केका माहुरीबाट प्राङ्गारिक मह उत्पादन हुन्छ, यसलाई आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग गर्न सकिन्ने” खड्काको भनाई छ ।
नेपाल माहुरी पालक महा संघ प्रदेश नं. २ का संयोजक तथा केन्द्रीय सदस्य समेत रहनु भएका खड्काले रवि कडरीया,राजु मण्डारी,मोन भण्डारीलाई समेतलाई माहुरी पालनका लागि प्रेरण दिनु भएको छ । साथै उहाँले नेपालका राजनैतिक दलका नेताहरुलाई माहुरी जस्तै समुहमा मिलेर बस्न र मेहनती बन्न आग्रह गर्नु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech