Close This

करिब २ करोडमा सशस्त्रको आफ्नै भवन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-३२ गते   ३५८ पटक हेरिएको

सर्लाहीमा दुईवटा बोर्डर आउट पोष्ट (बिओपी) भवनको उद्घाटन गरिएको छ ।जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गरिएका दुईवटा बोर्डर आउट पोष्ट (बिओपी) भवनको उद्घाटन गरिएको हो ।
जिल्लाको विष्णु गाउँपालिकास्थित सिमरा र बाराउद्योरणमा निर्माण गरेको बोर्डर आउट पोष्ट(बिओपी) भवनको उद्घाटन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १० हे.क्वा. गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाँले जानकारी दिनु भयो । उहाँका अनुसार शसस्त्र प्रहरी नेपालले निर्माण गरेका दुई वटा बिओपी भवनको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासका प्रमुख एवम सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश बहादुर ठाडा मगरले उद्घाटन गर्नु भएको हो ।
करिव दुवै स्थानमा गरी करिव रु २ करोडको लागतमा बिओपी भवनको निर्माण गरिएको र निर्माण सम्पन्न भएपछि उद्धघाटन गरिएको शसस्त्र प्रहरी बल नेपाल नं. १० हे.क्वा.गणले जनाएको छ । आफ्नै भवन नहुँदा बिओपी सीमरा छोटी भन्सार कार्यालयको भवनमा र बिओपी बाराउद्योरण वडा कार्यालयको भवनमा रहेका थिए भने अब आफ्नै भवन भएपछि सहज भएको सशस्त्र प्रहरी उपरीक्षक खनियाँले बताउनु भयो ।
भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक(डिआईजी) ठाडा मगरले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसँगै अन्य जिम्मेवारी र इमान्दार भएर काम गर्न निर्देशन दिनुभयो ।
बिओपी भवन उद्घाटन कार्यक्रममा गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र राय यादव, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, विभिन्न सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
५३ किलोमिर खुल्ला सिमाना रहेको सर्लाहीमा करिब ४ किलोमिटरको फरकमा बिओपीहरु स्थापना गरिएका छन् । सिमान सुरक्षालाई तुस्त दुरुस्त पार्न भन्दै जिल्लामा ११ वटा बिओपीहरु स्थापना गरिएका शसस्त्र प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech