मधेश मसिहा’ राजेन्द्र र महेन्द्र सर्लाही २ बाट भिड्ने

1.4k Shares

सर्लाहीको क्षेत्र नं. २ बाट मधेश प्रदेशका दुई चर्चित नेता राजेन्द्र महतो र महेन्द्र राय यादव निर्वाचनमा आमनेसामने भएका छन् ।
जिल्लाकाे क्षेत्र नम्बर २ बाट मधेश प्रदेशका दुई चर्चित नेता  महतो र  यादव फेरि यो पटकको निर्वाचनमा पनि आमनेसामने भएका हुन् ।
एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरी दुईजना पुनः दोस्रो पटक चुनावी मैदानमा आमने सामने भएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) बाट महतोले तथा नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्हबाट यादव निर्वाचनमा  आमनेसामने भएको हुन ।
आफ्नो पार्टी नेपाल समाजवादी पार्टी(नेसपा)भए पनि यादवले माओवादी केन्द्रसँगको सहमती अनुसार उसैको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका हुन् ।
मधेशका यि दुई शिर्ष एवम चर्चित नेताबीच प्रतिस्पर्धा हुने भएपछि सर्लाही क्षेत्र नं. २ लाई निकै चासोका साथ हेर्न थालिएको स्थानिय राजनीतिक दलका नेताहरुले बताएका छन् ।
किनकी उनीहरु दुईजना धेरै पटक एउटै पार्टीमा सहयात्री भएर काम गर्ने अनि अनेकौं पटक फुट्ने मात्र हैन, एक आपसमा  निर्वाचनमा  समेत लड्ने गरेका छन् । यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एक आपसमा चुनावी मैदानमा उत्रदा बाजी मारेका यादवसँग महतोले दोस्रो पटक पुनः भिड्ने उम्मेद्वारी दिएका  छन् ।
२०७० सालमा तत्कालिन तराई मधेस सद्भावना पार्टीका अध्यक्ष यादवले तत्कालिन सद्भावना पार्टीका अध्यक्ष महतोलाई पराजित गरेका थिए । यादव २०७४ मा पनि यादव सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । महतो २०७४ सालमा भने धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित हुँदा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीलाई पराजित गर्न सफल भएका थिए । यसपटक धनुषा ३ मा नेकपा(एमाले)नेतृ जुली महतो आफै उम्मेद्वार बन्ने भएपछि महतो आफ्नो पुरानै मैदानमा फर्किएका हुन् । गत निर्वाचनमा जुलीले सहयोग गरेकै कारण निधीलाई हराएका महतो यसपटक उक्त क्षेत्र असुरक्षित देखेपछि पूरानै मैदानमा फर्किएको एक नेताले बताएका छन् ।
त्यस्तै विपक्षी गठबन्धनबाट सर्लाही २ बाट नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका छन् । साहले २०७० सालको संविधान सभा निर्वाचनमा समेत एमालेबाटै संविधान सभा सदस्यका लागि उम्मेद्वारी दिएका थिए ।
सर्लाहीका ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभामा गरि कुल १ सय ५२ जनाकाे उम्मेदवारी परेकाे छ ।

सम्बन्धित समाचार