स्नातक तहमा पढ्ने ७५ छोरीलाई चन्द्रनगरको अनुदान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-१० गते   ६८२ पटक हेरिएको

रमेश अधिकारी( रितिक)

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ७५ जना छोरीहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिएको छ । गाउँपालिका भरीका स्नातक तहमा अध्ययनरत ७५ जना छोरीहरुलाई प्रोत्साहन स्वरुप प्रति व्यक्ति रु ११ हजार अनुदान दिइएको गाउँपालिका अध्यक्ष राज कुमार महतोले जानकारी दिए ।
उनका अनुसार चन्द्रनगरमा बाल विवाह अन्त्य तथा उच्च शिक्षामा छोरीको पहुँच पु¥याउने विभिन्न किसिमका कामहरु भई रहेका र सोही अनुसार स्नातक तहमा अध्ययनरत ७५ जना छोरीहरुलाई प्रोत्साहन स्वरुप गाउँपालिकाले सानो भएपनि सहयोग गरेको हो ।
मधेश प्रदेशमा छोरीहरुलाई शिक्षाबाट बञ्चीत गराईने र  सानै उमेरमा बिबाह गरीदिने प्रचलनका कारण छोरीहरुले  अध्ययन गर्न नपाउने गरेका कारण तयस प्रकारका समस्याहरुलाई चिन गाउँपालिकाले सानो भएपनि सहयोग गरेको गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताइन् । उनका अनुसार गाउँपालिका भित्र हुने बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियान अनुरुप छोरीलाई सक्षम बनाउन गाउँपालिका लागि परेको हो । गाउँपालिकाले बालिका सम्मेलन पनि गर्ने बताएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech