१५ औं लोकतन्त्र दिवसको अबसरमा चार विद्यालयलाई शैक्षिक सामाग्री बितरण

3.6k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ४ नारायणखोलाका चारवटा विद्यालयहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । लालबन्दी १४ को जनता प्रा.वि. डाइनिखोला,नमोबुद्द प्रा.वि.डाइनिशिर,जनसेवा प्रा.वि.सत्रकट्ठा र प्रा.वि. मगरडिहीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । 
 १५ औं लोकतन्त्र दिवसको अवसर पारेर स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठान,जनज्योति भुपु विद्यार्थी समाज र सर्लाही काठमाडौं सम्पर्क मञ्चले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामाग्री बितरण गरिएको स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठानका संरक्षक श्याम श्रेष्ठले जानकारी दिनुभयो  । 
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, जिल्ला सचिव कमल बुढाथोकी, लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष सुबाइ सिंह ब्लोन, नेता लेखराम जर्गा, प्रदेश २ का संयोजक संदेश श्रेष्ठ, लालबन्दी बाङगमय परिषदका अध्यक्ष अच्युत अधिकारी, जनज्योति भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष कृष्ण भण्डारी, नबराज पौडेल, युबा विद्यार्थी नेता समिर बुढाथोकी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम गरिएको सर्लाही काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष दाहालले जानकारी दिनु भयो ।  
लालबन्दी १४ का चार विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री तथा २ सय ५० थान स्कुल झोला बितरण गरिएको हो ।
त्यस्तै भोलि(आईतबार) लालबन्दी नगरपालिका १५ परवानीपुरको ईन्द्रावती प्रा.वि. कटहरबोटमा शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम रहेको स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठानका संरक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार