कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीको अध्यक्षमा थपलिया निर्विरोध

549 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिको अध्यक्षमा प्रमोद प्रसाद थपलिया निर्विरोध निर्वाचित भएका छन्।लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीका ४६ जना मतदाताहरुले थपलियाको अध्यक्षतामा अन्य पाँच जना सदस्यहरु निर्विरोध चयन गरेका निर्वाचन अधिकृत तिलक राज चौलागाईले जानकारी दिए ।
उनका अनुसार तीन वर्षे कार्यकालका लागि आईतबार र सोमबार निर्वाचन भएर छनोट भएर आएका सदस्यहरुबाट थपलिया अध्यक्षमा चयन हुँदा सदस्यहरुमा राकेश कुमार ढुंगेल,प्रेम बहादुर घिसिङ,अमिरका कुमारी महतो,विजय बस्नेत र रामसागर महतो चयन भएका छन् ।
देशभरका ११ वटा मुख्य व्यापारीक केन्द्रहरु मध्य एउटा कृषि थोक बजार लालबन्दीले देशभरका मुख्य मुख्य शहरहरुका साथै बजारहरुमा हरियो तथा अन्य तरकारी निर्यात गर्दे आएको कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु प्रसाद घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार