सर्लाहीको लालबन्दीको न्यायिक समितिमा छ महिनामा एक सय २९ उजुरी

128 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्ष २०८०/०८१ को छ महिनामा एक सय २९ वटा उजुरी परेका छन् ।चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्त सम्मको छ महिनाको अवधिमा एक सय २९ वटा उजुरी परेका लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख एवम न्यायिक समितिकी संयोजक कल्पना माया पाखिङकी स्वकीय सचिव सानु पाख्रिनले जानकारी दिइन् ।उनका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो साउन महिनामा ४० वटा,भदौमा ३० वटा,असोजमा १९ वटा,कातिकमा १३ वटा,मंसिरमा १२ वटा र पुस महिनामा १५ वटा उजुरीहरु नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका हुन ।
नगरपालिकाकोे न्यायिक समितिमा साउन महिनामा परेका ४० वटा उजुरीहरु मध्य सात वटा,भदौमा परेका ३० वटा उजुरीहरु मध्य आठ वटा र असोजमा परेका १९ वटा उजुरीहरु मध्य पाँच वटा उजुरी फछर्यौट भएका न्यायिक समितिमा सचिव उद्धव नारायण श्रेष्ठले जानकारी दिए ।उनका अनुसार कातिक,मंसिर र पुसमा परेका उजुरी उपर छलफल एका भएपनि कुनै निष्कर्ष निस्केको छैन् भने एक सय नौ वटा उजुरीहरु अनुसन्धानको क्रममा रहेका छन् ।नगरपालिकाको न्यायिक समितिमा यौनहिंसा र सम्बन्ध विच्छेदका साथै फौजदारी प्रकृतिका उजुरीहरु पनि आउने गरेका भएपनि कानुनी सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या भएको नगर उप प्रमुख एवम न्यायिक समितिकी संयोजक कल्पना माया पाख्रिनले बताइन् ।
उनका अनुसार नगरपालिकाको न्यायिक समितिमा घरायसी समस्याहरु,जग्गाको साँध सिमाना,अंश बनडा,आफसी झै झगडा,आर्थिक लेनदेन र क्षेतीपुर्ति लगायत सबै प्रकारमा  उजुरीहरु आउने गरेका छन् ।स्थानीय निकायमा नगर उपप्रमुख/गाउँपालिकाका उपाअध्यक्ष न्यायिक समितिको संयोजक रहने व्यवस्था भएको र गाउँपालिका/नगरपालिकाका आफैँ स्थानीय सरकारले भएकाले नागरिकहरुले सबै प्रकारका उजुरीहरु लिएर आउने गरेका भएपनि न्यायिक समितिमा कानुनी सल्लाहकार नहुँदा न्याय सम्पादन गर्न समस्या हुने गरेको न्यायिक समितिले जनाएको छ ।

सम्बन्धित समाचार