स्रोत नखुलेको १२ लाख बढी रकम सहित महत्तो पक्राउ

186 Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगरबाट प्रहरीले स्रोत नखुलेको रु १२ लाख भन्दा बढी रकम सहित एकजना मानिस र मोटरसाईकल नियन्त्रणमा लिएको छ ।ब्रहम्पुरी गाउँपालिका ४ त्रिभुवननर स्थित रहेको प्रहरी चौकी त्रिभुवन नगरबाट खटिएको प्रहरीको गस्ती टोलीले कार्यालयको पछाडिको बाटो हँदै बिआर ३० वाई ३२८७ नम्बरको भारतिय मोटरसाईकलमा आएका देश भारत बिहार जिल्ला सितामढी ग्राम पंचायत  सोनवर्सा २ बस्ने अन्दाजी वर्ष २९ का धर्मेन्द्र महतोलाई शंका लागि चेकजाँच गर्दा रु १२ लाख २९ हजार स्रोत नखुलेको रकम फेला परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी चौकी त्रिभुवन नगरका प्रमुख एवम प्रहरी बरिष्ठ नायव निरीक्षक प्रमान्नद प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरीको गस्ती  टोलीले एक हजार,पाँच सय,एक सय र ५० का दरका गरी रु १२ लाख २९ हजार स्रोत नखुलेको रकम सहित महतोलाई पक्राउ गरेका हुन् ।नेपाल भारत खुल्ला सीमानाका कारण नेपाली बजारमा भारतबाट हुण्डीको कारोवार बढी रहेको सूचनाका आधारमा प्रहरीले आफ्नो गस्ती तथा चेकजाँचलाई कडाई गर्न थालेपछि हुण्डी कारोबारीहरुका साथै लागु औषध ओसार पसार कर्ताहरु धमाधम नियन्त्रणमा आउन थालेका छन् ।

सम्बन्धित समाचार