लागु औषध कारोबार तथा ओसार पसार गर्ने पांच जना प्रहरीको नियन्त्रणमा

158 Shares

 वि.पी.राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमान क्षेत्रमा लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।अलग–अलग कारबाहीमा खैरो हेरोइन जस्तो देखिने पदार्थ र ठूलो परिमाणमा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। आलुको बोराभित्र लुकाएर महोत्तरीबाट काठमाडौं लादै गरेको ४५ ग्राम १ सय १० मिलिग्राम खैरो हेरोइनसहित सिन्धुलीमा तीन युवक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबासस्थित शाखा कार्यालयबाट खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले भिमान स्थित वि.पी राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

WhatsApp Image 2026-07-31 at 9.24.41 PM.jpeg
ब्युरोका अनुसार महोत्तरीबाट काठमाडौंतर्फ जादै गरेको मधेश प्रदेश ०५–००१ ज ००८६ नम्बरको हाइस चेकजाँच गर्दा त्यसमा सवार सिरहाको मिर्चैया नगरपालिका–५ का अन्दाजी २० वर्षीय सन्देश यादवको साथमा रहेको आलुको बोराभित्र खैरो हेरोइन लुकाइएको अवस्थामा फेला परेको थियो।प्रहरीले यादवलाई घटनास्थलबाटै पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार थप अनुसन्धानका क्रममा बरामद लागुऔषध काठमाडौंसम्म लैजान सघाउँदै उक्त हाइसलाई मोटरसाइकलबाट पछ्याइरहेका थप दुई युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–७ का अन्दाजी २० वर्षीय राहुल कुमार मण्डल र सिरहाको कल्याणपुर नगरपालिका–६ का अन्दाजी २० वर्षीय अभिषेक कुमार साह छन् ।

WhatsApp Image 2026-08-05 at 9.39.34 AM (1).jpeg
प्रहरीले उनीहरूका साथबाट बागमती प्रदेश ०२–०४६ प ४६८५३ नम्बरको एक थान मोटरसाइकल र एक थान मोबाइलसमेत बरामद गरेको छ ।यसैबीच,मंगलबार नै भिमान क्षेत्रमा गरिएको अर्को कारबाहीमा मोरङबाट काठमाडौंतर्फ जादै गरेको बा.प्र.०१–००६ ख ३७१२ नम्बरको हायसमा सवार दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–६ का अन्दाजी ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय सागर कार्की रहेका छन्। उनीहरूको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ३० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।प्रहरीले पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय भिमानमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार