जनता समाजवादी पार्टी(जसपा)नेपाल सर्लाहीले सदरमुकाम मलंगवामा मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको छ।जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य अशोक यादवमाथि झुठा मुद्धा लगाएर पक्राउ पूर्जी जारी गरिएको भन्दै जसपा नेपाल सर्लाहीले मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको जसपा नेपाल सर्लाहीका अध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादवमाथि झुठा मुद्धा लगाएर पक्राउ पूर्जी जारी गरिएकाले उक्त मुद्धा खारेजीको माग गर्दै जसपा नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादवमाथि षडयन्त्रपूर्वक दमनको शैलीमा मुद्धा दर्ता गरिएको र उक्त मुद्धा फिर्ता नलिए कडा संघर्षको कार्यक्रम गर्न बाध्य हुने जसपा नेपाल सर्लाहीले यस अघि नै चेतावनी दिएको थियो ।
जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादवविरुद्ध पक्राउ पूर्जी जारी भएको घटनाप्रति मुलुकका विभिन्न जिल्लामा समेत जसपा नेपालका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् ।सर्लाहीका विभिन्न कार्यालयहरुमा भइरहेको भ्रष्टाचार,लुटतन्त्र,मोनोपोलीका विषयमा आजाव उठाउँदा आफ्ना नेता विरुद्ध झुटो मुद्धा लगाएर पक्राउ पूजी जारी गरिनु दुअद रहेकाले तुरुन्त मुद्धा फिर्ता लिन आग्रह गरिएको भएपनि सरोकारवाला निकायले वेवास्था गरेपछि आफुहरु बाध्य भएर आन्दोलीत हुनु परेको जसपा नेपाल सर्लाहीका अध्यक्ष यादवले बताए ।
जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादव र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का विच पुर्वाधार विकास कार्यालय सर्लाहीको गतिविधिहरुका विषयलाई लिएर केही दिन पहिला फोन संवादमा विवाद भएको थियो ।सोही विषयमा जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादवको पक्षमा जिल्लाका विभिन्न दलहरुले विज्ञप्ती समेत जारी गरेका छन् ।