Close This

बच्चा चोरहरु आतंक भ्रम रहेकोले भ्रममा नपर्न सर्लाही प्रशासनको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२७ गते   १९३ पटक हेरिएको

सर्लाहीमा केही दिनदेखि बच्चा चोरको हल्लाले आतङ्क फैलिएको समयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले बच्चा चोरहरुको आतङ्क भन्दैभ्रम फैलाईएको पाइएको बताउनु भयो ।
जिल्लाको भारतिय  सिमा क्षेत्रमा भारतबाट  बच्चा चोर आएको भन्दै हल्ला फैलिदै गर्दा  स्थानीय आतङ्कित बनिरहेको समयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख प्रहरी उपरीक्षकले बच्चा चोरहरुको आतङ्क भन्दै भ्रम फैलाईएको पाइएको बताउनु भएको हो ।
जिल्लाको दक्षिणी भेगका अधिकांश विद्यालय र वडा कार्यालयले समेत हल्लालाई बढवा दिने गरी बच्चा चोर सक्रिय भएको र आफ्ना बालबालिकाको ख्याल गर्न भन्दै सूचना नै जारी गरे पछि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले हल्लाको पछि नलाग्न भन्दै सुचना जारी गर्नु भएको हो ।
जिल्ला सदरमुकाम मलङ्गवा,कौडेना लगायतको क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरुले हल्लाको पछि लागि वास्तविक कुरा बुझ्दै नबुझी सूचना जारी गरेरै अभिभावकहरुलाई सुचना दिएका छन् । कौडेना गाउँपालिका ३ स्थित जनता माध्यमिक विद्यालय कौडेना गाउँपालिका प्रधानाध्यापक नागेन्द्रप्रसाद यादवले सुचना सामाजिक सञ्जाल भर प्रचार गरेका हुन । उनले बच्चा चोर सक्रिय भएको भन्दै हल्लाखल्ला भएपछि सूचना निकालेर अभिभावकलाई सचेत गराइएको बताएका छन् । 
प्रधानाध्यापक यादवले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बुझ्दा हल्लामा कुनै सत्यता नरहेको पुष्टी भएपछि सूचना निकालेर गल्ती गरेको महशुस भएको बताएका हुन । तर   मधेश प्रदेशका विभिन्न जिल्लाहरुबाट पटक पटक बच्चा चोरहरु चोरी गरेर ल्याएका बच्चाहरुसहित प्रहरीले पक्राउ गरि रहेको छ। 
जिल्लाको पर्सा गाउँपालिकाको  २ ले पनि केही व्यक्तिले विभिन्न रुप धारण गरी बच्चा चोरी गरिरहेकाले सचेत हुन भन्दै अफवाह फैलाउने हिसाबले सूचना जारी गरेको छ । पर्सा गाउँपालिका २ का वडाध्यक्ष राकेश रामले सामाजिक सञ्जालमा भइरहेको हल्लाकै आधारमा सूचना जारी गरेको बताए । सर्लाही प्रहरीले भने “बच्चा चोर” सक्रिय भएको हल्लामा कुनै सत्यता नरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक  प्रवीण पोखरेलले अफवाह फैलाएर आतङ्कित पार्ने काम नगर्न आग्रह गर्नुभयो ।
“बच्चा चोर”भन्दै जिल्लाको विभिन्न स्थानबाट स्थानीयले अहिलेसम्म पाँच जनालाई पक्राउ गरी प्रहरीमा बुझाएका र उनीहरुबारे सोधखोज गर्दा कोही मानसिक सन्तुलन ठीक नभएका र कोही मागेर खाँदै हिँड्ने मानिसहरु रहेका पाइएको प्रहरी उपरीक्षक पोखरेलले बताउनु भयो । गलत हल्ला फैलाएर मानिसलाई त्रसित बनाउने काम मात्रै भएको प्रहरी उपरीक्षक पोखरेलले बताउनु भयो । प्रहरी उपरीक्षक पोखरेलले केहीलाई अनुहार र भेषभुषा हेरेरै “बच्चा चोर” को आरोप लगाएको पाइएको पनि बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech