Close This

सर्लाहीमा नयाँ प्रजातीकाे उखु खेती सुरु,राम्राे उत्पादन हुने दाबी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१ गते   १४२ पटक हेरिएको

सर्लाहीका उखु उत्पादक किसानहरुले नयाँ प्रजातीकाे उखु खेती सुरु गरेका छन् । उखु खेतीका लागि देशमै अब्बल मानिएको नयाँ प्रजातीकाे उखु  जिल्लाका उखु उत्पादक   किसानहरुले लगाउन थालेका हुन ।
उखु उत्पादक किसानहरुले  मिलहरुबाट समयमै भुक्तानी नपाई रहेकाे गुनासाे गरेपनि राम्राे उत्पादनका लागि नयाँ प्रजातीकाे उखु लगाएर उत्पादन बढाउने याेजना बनाएका उखु उत्पादक किसान राजकुमार उप्रेतीले बताए  ।
उनका अनुसार उखु उत्पादक किसानहरु र मिल सञ्चालकहरु बीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने भए पनि उखु किसान र मिल मालिकबीच चिसो सम्बन्धले प्रहरीले समातेर पैसा उठाउनु परेको तीतो यथार्थ रहेको समयमा जिल्लाका उखु किासनहरुले उत्पादनलाई बढाउन नयाँ प्रजातीकाे उखु लगाउन थालेका हुन ।
जिल्लाकाे  हरिवन नगरपालपका ११ मा रहेको इन्दुशंकर चिनी उद्योगले किसानहरुलाई नयाँ प्रजातीकाे उखु लगाउन प्रोत्साहन गर्ने ईन्दु शंकर चिनी उद्योगका उखु प्रवन्धक याेग नारायण रजकले बताए  । उनले उद्योगले किसानलाई धेरै उत्पादन दिने र एकै बालीबाट धेरै फाइदा हुने खालको बाली लगाउन प्रोत्साहन गर्ने भएको हो ।
 यस उद्योगले करिब एक हजार बिघा क्षेत्रफलमा यसवर्ष सी ओ-१५ जिरो २३ जातको उखु लगाउन सुरु गरेको उद्योगका सिनियर क्यान म्यानेजर सुरेशप्रसाद मेहताले बताए। गतवर्ष  भारतबाट बिउ ल्याएर सीमित क्षेत्रफलमा लगाइएको र त्यस बिउबाट अब जिल्लाका तथा छिमेकी जिल्लाको बिभिन्न ठाउँमा उखु लगाइने मेहताको भनाइ छ । उखु उत्पादक किसानहरुले मंसिर पहिलो सातादेखि फागुन अन्तिमसम्म उखु लगाउने गरेको भए पनि यस जातको उखु भदौ अन्तिम र असोजको पहिलो साता लगाउनुपर्ने तथा यस सिजनमा उखु लगाउँदा उखु सँगसँगैै त्यसभित्र आलु बालीसमेत लगाउन मिल्ने र किसानहरुले पैलो बाली भित्र्याउँदा उखु गोडिने भएकाले किसानहरुलाई थप  आम्दानी लिन सक्ने बनाउन नयाँ प्रजातीकाे  उखु लगाउन सुरु गरिएको उद्योगले जनाएको छ । 
टेर्रेन्चर विधिबाट उखु रोप्दा मजदुरको ज्यालासमेत घट्ने देखिन्छ । एक बिघामा मजदुरबाट उखु रोप्दा खाल्डो खन्न मात्र  करिब ५० जान लाग्ने भए पनि टेर्रेन्चर विधिबाट लगाउँदा तीन घण्टामा सकिने हुँदा खेती लगाउने खर्च समेत घट्ने र आलु बेचेर उखुको लागि खर्च जुटाउ सकिने भएकोले नयाँ प्रजातीकाे  उखु लगाउन सुरु गरिएको उद्योगले जनाएको छ ।  यस प्रविधिबाट उखु लगाउँदा गहिरो खाडल हुने भएकाले उखु ढल्ने समस्यासमेत कम हुने उद्योगले जनाएको छ । पहिले किसानले लामो उखु रोप्ने गर्थे भने पछिल्लो प्रविधिबाट उखु लगाउँदा एक आँख्ला मात्र रोप्ने भएकाले उखुको बिउमा समेत किसानलाई फाइदा हुने उद्योगको भनाइ छ ।
पुरानो विधिबाट उखु लगाउँदा प्रतिबिघा ५० क्वुन्टलको हाराहारीमा बिउ लाग्ने गरेको भए पनि यस विधिबाट लगाउँदा करिब १५ क्वुन्टलले नै पुग्ने मेहताको भनाइ छ । सामान्यतया अहिले लगाईरहेकाे उखुले करिब चार सय क्वुन्टल उत्पादन दिने गरेकोमा यो जातको उखु लगाउँदा करिब सात सय क्वुन्टलका उखु उत्पादन हुने  मेहताको भनाइ छ ।
गत आर्थिक वर्षको लागि नेपाल सरकार उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगीले प्रतिक्वुन्टल रु ५ सय २० र नेपाल सरकारले रु ७०  अनुदान रकम दिने सहमति भएको थियो । जिल्लामा रहेका तीनवटा चिनी मिल मध्य ईन्दु शंकर बाहेक अरु उद्योगले कपासनहरुकाे रकम भुक्तानी पनि गरेका छैनन् । इन्दुशंकर,महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योग  उखु अभावले गर्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैन । जिल्लामा देशकै धेरै चिनी मिल भए पनि उखु  २५ हजार हेक्टर क्षेत्रमा मात्रै खेती हुन्छ भने धान ४६ हजार ५ सय हेक्टर क्षेत्रमा खेती हुँदै आइरहेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्यांकमा उल्लेख छ ।
उखु उत्पादन गरि उद्योगलाई बिक्रि गरेपनि समयमै भुक्तानी नपाँउदा हैरान भएका उखु उत्पादक किसानहरु नयाँ प्रजातीकाे उखु तर्फ आकर्षक हुने सम्भावन कमै रहेपनि उत्पादनमा भने करिब दाेब्बर हुने अनुमान उद्योगहरुले गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech