Close This

घ्याङ्लेख गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-३ गते   ८७ पटक हेरिएको

सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन गरिएको छ । घ्याङ्लेख गाउँपालिकाका ५ वटै वडामा परिचय पत्र बनाउनको लागि केन्द्रबाट आएको टोली परिचालन गरिएको घ्याङ्लेख गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका सबै वडामा ५ गतेबाट परिचयपत्र बनाउन सुरु गरिने गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारबाट सुरु गरिने भनेको राष्ट्रिय परिचय पत्र कार्यक्रम निरन्तर परेको वर्षाका कारण सम्बन्धीत स्थानमा सामाग्री पु¥याउन समस्या भएकाले मंगलबारबाट सुरु गरिने भएको छ ।
राष्ट्रिय परिचयपत्रको लागि आफ्नो वडा कार्यालयमा आवश्यक कागजात नेपाली नागरिकताको प्रमाण पत्र, आमा बाबुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी,राहदानी लिएको हकमा सक्कल राहदानीको प्रमाणपत्र, विवाह गरेको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र सहित सहभागी भै आफ्नो परिचयपत्र बनाउन खटिएका टोलीलाई सहयोग गरिदिन गाउँपालिकाले आग्रह गरेको  छ । राष्ट्रिय परिचयपत्र बनाउने समय विहान १० बजेबाट ५ बजेसम्म तोकिएको गाउँपालिकाले जनाएको छ । पुष्पा सुनुवार सिन्धुली

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech