Close This

मरिण गाउँपालिकाको न्यायिक समितिद्धारा ९ वटा विवाद निरुपण,३ वटा विवाद अदालतमा पेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१० गते   ११२ पटक हेरिएको

सिन्धुलीको मरिण गाउँपालिकाको न्यायिक समितिले ९ वटा विवाद निरुपण गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा न्यायिक समितिमा जम्मा १२ वटा विवाद परेकोमा ९ वटा विवादको समाधान भएको न्यायिक समितिका संयोजक तथा गाउँपालिकाकी उपा अध्यक्ष संगीता माझीले बताउनुभयो । बाकी ३ वटा विवाद स्थानिय निकायको न्यायिक समितिमा छलफल पछि जिल्ला अदालतमा पठाईएको संयोजक माझीले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनुभयो । उहाँका अनुसार न्यायिक समितिमा कुटपिट, जग्गाको खिचलो, लेनदेन, ज्याला जदिएको सम्बन्धि विवाद पर्ने गरेका छन् ।
दर्ता भएका मुद्धा मध्य ३ वटा विवादमा छलफल गरेर नियम कानुन अनुसार जिल्ला अदालत पठाईएको र अन्य ९ वटा विवाद मार्फत समाधान गरिएको हो । जिल्लामा पठाईएको विवाद समाधानको पक्रियामा रहेको उहाँले बताउनु भयो ।
न्यायिक समितिले कानुनी रुपमा दर्ता नभए पनि निवेदनको आधारमा धेरैवटा विवाद समाधान गरेको संयोजक माझीले बताउनुभयो । मरिण गाउँपालिकाको प्रत्येक वडामा मेलमिलाप केन्द्र रहेको र सबै जसो विवाद मेलमिलाप केन्द्रले नै समाधान गर्ने गरेकाले पनि न्यायिक समितिसम्म आईरहन पर्ने झन्झट कम भएको संयोजक माझीले बताउनुभयो ।
वडा वडामा मेलमिलाप केन्द्र रहेका कारण पनि गाउँपालिकाको न्यायिक समितिमा विवादहरु नआई मेलमिलाप केन्द्रबाट नै समाधान हुने गरेको मरिण गाउँपालिका ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विर्मश मोक्तान(प्रख्यात)ले बताउनु भयो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech