भरत तालमा ‘स्काई साईक्लिनिङ’ उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२२ गते   ६३१ पटक हेरिएको

गणेश खड्का

सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा मधेस प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ उद्ध्घाटन गरिएको छ ।उक्त तालमा मधेश प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण गरि उद्धघाटन गरिएको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले जानकारी दिए । 
उनका अनुसार ताल किनारमा निर्माण भएको ‘स्काइ साइक्लिङ’को परीक्षण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको हो  । तारको लठ्ठामा झुन्डिएको साइकल चलाएर मनोरञ्जन लिने यो खेल पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएकाले तालमा पनि निर्माण गरि सञ्चालनमा ल्याइएको बागमती इन्टरनेश्नल प्रालिका अध्यक्ष गौतम खड्काले जानकारी दिए ।
‘स्काइ साइक्लिङ’ले तालमा थप पर्यटक आकर्षित हुने अपेक्षा गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन् । उनका अनुसार जमिनको सतहदेखि ३७ फिट उचाइमा रहेको यो ‘स्काइ साइक्लिङ’ दुई सय १३ फिट लामो रहेको छ ।


भरत ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको र पर्यटकलाई थप आकर्षित गर्न ‘स्काइ साइक्लिङ’ निर्माण गरि सञ्चालनमा ल्याइएको बागमती नगरपालिका– १२ का वडा अध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्काई साईक्लिङको सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह,प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर) र बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाल सम्यूक्त रुपमा उद्घाटन गरेका हुन ।
तालमा पर्यटकको मनोरञ्जनका लागि तीन दर्जन मोटरबोट र एउटा मिनिक्रुज बोट सञ्चालन भइरहेको छ । यसैगरी ताल परिसरमा थप साहसिक खेलका संरचना निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । रु ८५ लाखको लागतमा निर्माण भएको ‘स्काइ साइक्लिङ’मा दुईवटा रोपलाइन विस्तार गरिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताए । 
उनका अनुसार ‘स्काइ साइक्लिङ’मा एकपटकमा तीन जनासम्मले साइकल चलाउन सक्ने छन् । नगरको गौरवको आयोजनाको रूपमा निर्माण सुरु गरिएको  भरत ताल निर्माणकै चरणमा पनि आन्तरिक आयस्रोतको आधारस्तम्भ बनेको नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech