Close This

मरिणमा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-२४ गते   २३५ पटक हेरिएको

सिन्धुलीको मरिण गाउपालिकामा भएको प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गतको पुरूष फुटबल खेलको उपाधि मरिण गाउँपालिका ७ ले जितेको छ । शनिबार भएको अन्तीम खेलमा मरिण ३ लाई १–० को गोल अन्तरले पराजित गर्दै मरिण ७ ले उपाधी जितेको हो । 
गोल रहित बराबरीमा कडा प्रतिस्पर्धा भईरहेको खेल सकिन १५ मिनेट मात्रै बाँकी रहदा मरिण ७ का खेलाडी आशिस माझीले एक गोल गर्दै उपाधी दिलाउन सफल भएका मरिण गाउँपालिका ३ का वडा अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले जानकारी दिनु भयो । 
जितसँगै मरिण ७ ले रु १ लाख ३४ हजार नगद पुरस्कार, शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उप विजेतामा चित्त बुझाएको मरिण ३ ले रु १  लाख सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरूष फुटबल खेलका विजेता र उपविजेता समुहलाई प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलले पुरस्कार वितरण गर्नु भएको गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष प्रख्यातले बताउनु भयो ।
त्यसैगरी महिला फुटबल खेल तर्फ मरिण ३   विजयी भएको छ । मरिण ४ लाई पराजित गर्दै मरिण ३ विजयी भएको हो । जितसगै मरिण ३ ले रु ६७ हजार नगद पुरस्कार शिल,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप विजेता मरिण ४ ले रु ३४ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकोछ ।
 पुरूष भलिबल तर्फ को खेलमा मरिण ६ ले उपाधि जितेको छ । मरिण ७ लाई पराजित गर्दै मरिण ६ विजयी भएको हो ।  जितसगै मरिण ६ ले रु ४० हजार नगद पुरस्कार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त  गरेको छ । उपविजेता मरिण ७ ले रु २५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 
महिला भलिबल तर्फ मरिण ५ विजयी भएको छ । मरिण ६ लाई पराजित गर्दै मरिण ५ विजयी भएको हो । जितसगै मरिण  ५ ले रु ४० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त  गरेको छ । उप विजेता मरिण ६ ले रु २५ हजार सहित  शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । मरिण  गाउपालिकाको आर्थिक सहयोगमा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको खेल गत माघ १६ गते देखि सुरू भई शनिबार सम्पन्न भएको मरिण गाउँपालिकाले जनाएको छ । पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बुद्धिमान माझी, गाउपालिका अध्यक्ष पानीराज बम्जन, उपाध्यक्ष संगिता माझी, स्थानिय जनप्रतिनिधिहरु, लगाएतको खेलप्रेमी स्थानियबासीको उपस्थिती रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech