सिन्धुलीको गोलन्जोर गाउँपालिकाले निकासी ठेक्कामा आर्थिक चलखेल गरि ठेक्का लगाएको पाइएको छ । गाउँपालिकाबाट नकिासी हुने मालबस्तुको ठेक्का लगाउँदा गाउँपालिकाका अध्यक्ष शंकर राज बराल,उपा अध्यक्ष ज्वाला प्रसाद न्योपाने(पुकार) र प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल मिलेर पुरानै दररेटमा समुन्द्र श्रेष्ठलाई ठेक्का दिएका पाईएको हो ।
आर्थिक वर्ष २०७९÷०८० मा रु ९ लाखमा ठेक्का लागेको निकासी करको आर्थिक वर्ष २०८०/०८१ मा २० प्रतिशत बृद्धि गरि ठेक्का लगाउने बताइएको भएपनि गाउँपालिकाका अध्यक्ष बराल,उपा अध्यक्ष न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत पौडेल मिलेर पुरानै दररेटमा आर्थिक लखेल गरि ठेक्का लगाएका एक निर्माण व्यावसायीले बताए ।
सो विषयमा बुझ्न फोन गर्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले फोन काटे । यता ठेकेदार समुन्द्र श्रेष्ठलाई फोन गर्दा उनको पनि फोन उठेन । गाउँपालिकाले तीन पटक भएको ठेक्कामा आर्थिक चलखेल गरि आन्तीक रुपमा कमिसन दिने ठेकेदारलाई ठेक्का लगाएको एक निर्माण व्यावसायीको भनाई छ ।