हरिपुर २ मा चरिचरणमा रहेका बाख्रा कुकुरले मार्न थालेपछि किसानहरु आतंकित

73 Shares

सर्लाहीको हरिपुर नगरपालिका २ सखुवामा चराउन लगिएका बाख्रा कुकुरले मार्न नछाडेपछि स्थानीय पशुपालक किसानहरु आतंकित भएका छन्।हरिपुर नगरपालिका २ सखुवामा दैनिकजसो जंगलबाट निस्कने पाँच/सात वटा कुकुरले चरिचरणका लागि जंगल लगिएका बाख्रा मार्ने गरेकाकारण स्थानीय पशुपालक किसानहरु आतंकित भएका हुन ।
स्थानीयका अनुसार कुकुरले बासु हुमागाईं,पद्मबहादुर बल,शम्भु पौडेल र अर्जुन पौडेललगायतको बाख्रा मारिसकेको छ।बाख्रा चराउन लगेको बेला एक्कासी जंगलबाट निस्कने कुकुरहरुको हुलले बाख्रालाई आक्रमण गरेर मार्ने गरेको स्थानीय किसानहरुले बताएका छन् ।
धपाउन खोज्दा कुकुरले मान्छेलाई समेत आक्रमण गर्ने भएकाले आफूहरु आतंकित बनेको स्थानीयले बताए।पाँच/सातवटाको समूहमै रहेका कुकुरहरु कहाँबाट आए थाहा छैन् तीनीहरुले आतंक मच्चाउँदा गाउँ नजिकको जंगलमा घाँस,दाउरा लिन र वस्तुभाउ चराउन जान डरमर्दो भएको स्थानीयले बताए । 

सम्बन्धित समाचार