जिल्लाका मिडिया कर्मीसंग प्रेस काउन्सिलको अन्र्तक्रिया

3.7k Shares

प्रेस काउन्सिल नेपालले सर्लाहीको हरिवनमा विहिबार अन्र्तक्रिया कार्यक्रम गरेको छ । पत्रकार आचार संहिता र कोभिड–१९ ले मिडियामा पारेको प्रभाव विषयमा अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।
कोरोना भाईरस(कोभिड–१९) ले पत्रकार एवं मिडिया क्षेत्रमा परेको असर न्युनिकरणका लागि काउन्सिल लागि परेको उल्लेख गर्दै श्रमजिवी पत्रकारहरुलाई निश्कासन गर्ने, पारिश्रमिक नदिने ठूला मिडियाको कार्य प्रति समेत काउन्सिलले आवश्यक कदम चालिरहेको सदस्य यादवले दाबी गर्नु भयो । उहाँले पत्रकारहरु एवं सम्बद्ध संघ संगठनले समेत एकजुट भएर समस्या समाधानको लागि अगाडी बढ्नुपर्ने बताउनु भयो ।
पत्रकार पत्रकारमा एकता नहुँदा ठुला मिडिया हाउसहरु तथा स्थानिय, प्रदेश र केन्द्र सरकारले पत्रकारहरुका समस्याहरुको बारेमा ध्यान नदिएको यादवले बताउनु भयो । कार्यक्रममा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले मिडिया क्षेत्रमा परेको समस्या सम्बोधनका लागि काउन्सिलले गरिरहेको प्रयास, आचार संहिता विपरित काम गर्ने मिडियाहरुमाथि कार्बाही प्रकृया लगायतका बारेमा प्रष्ट्याउनु भएको थियो । 
कार्यक्रममा सहभागी जिल्लाका विभिन्न मिडिया हाउसका पत्रकारहरु तथा सञ्चारकर्मीहरुले कोरोना भाईरस(कोभिड–१९) ले मिडिया क्षेत्रमा पारेको असर र सर्लाहीका मिडिया हाउसहरुको वर्तमान अवस्था आदिका बारेमा जानकारी गराएका थिए । 
प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाहीको संयोजनमा भएको अनर्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव श्रवण थापाले अध्यक्षता गर्नु भएको थियो भने प्रेस काउन्सिल नेपालका सदस्य नवलकिशोर यादवले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो ।
हरिवन नगरपालिका ११ मा आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न मिडिया हाउसहरुमा कार्यरत सञ्चारकर्मीहरु तथा पत्रकारहरुको  उल्लेख्य सहभागीता रहेको थियो ।
 

सम्बन्धित समाचार