करिब २ सय किलाे गाँजा सहित २ जना पक्राउ

430 Shares

सुनसरीकाे बर्जु गाँउपालिका ३ नहर चोकबाट ठुलाे मात्रामा लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुर्जु गाउँपालिका ३ नहर चाेक स्थित भिमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्र१-०२-००२ च ५१२६ नम्बरको पिकअप भेनलाई रोकी चेक जाँच गर्ने क्रममा पिकअप भेनको डालामा लुकाई छिपाई ल्याउँदै गरेकाे अवस्थामा इलाका प्रहरी कार्यालय सितागंज,सुनसरीबाट प्रहरी बरिस्ठ नायव निरिक्षक प्रविण भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलिले एक सय ९९ किलाे तीन सय ग्राा प्रतिवन्धित लागु औषध गाँजा सहित पिकअप र पिकअपका चालक धनकुटाकाे धनकुटा नगरपालिका ९ मा अन्दाजी बर्ष ३३ का उद्धव भण्डारी र सह चालक साेही ठाउँका अन्दाजी बर्ष ३० का कबिराज राईलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

नियन्त्रणमा लिएको ५१२६ नम्बरको पिकअप सहित दुवैजना र प्रतिवन्धित लागु औषध गाँजा नियन्त्रणमा राखी आवश्यक अनुसन्धान अघि वढाईएकाे प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार