Close This

हरिवनका १ सय ९ परिवारलाई लालपुर्जा वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२४ गते   ९३ पटक हेरिएको

सर्लाहीको हरिवनमा बिहीबार १ सय ९ परिवारलाई गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गरिएको छ । वर्षौंदेखि गाउँ ब्लकमा पर्ने जग्गामा बसोवास एवम भोगचलन गर्दै आएका परिवारलाई नापी कार्यालय, मलंगवाले लालपुर्जा अर्थात् जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको हो ।
हरिवन नगरपालिका ५, ७ र १० मा ८ बिघा एक कठ्ठा तीन धुर जग्गा पर्ने १ सय ८९ कित्ता संख्यामध्ये वि.ंस २०७१ सालमा नाप नक्सा गर्नेक्रममा दर्ता गरिएको १ सय ९ कित्ताको लालपुर्जा वितरण गरिएको नापी कार्यालय, मलंगवाका नापी अधिकृत सविन विकेले जानकारी दिनु भयो ।
वर्षौंदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आएकाहरुले लालपूर्जा पाएपछि खुसी भएका छन्। हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले निरन्तरको पहलपछि गाउँ ब्लक जग्गामा बस्नेहरुलाई लालपूर्जा उपलब्ध गराउन सफल हुनु भएको हो । उहाँले नगरको अन्य बाँकी वडामा पनि गाउँ ब्लकमा बस्दै आएकाहरुलाई जग्गाको लालपुर्जा वितरण गर्ने प्रयास भइरहेको जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech