बागमती २ को जनवाल कल्याण माविद्धारा छात्रवृत्ति वितरण

522 Shares

सर्लाहीको बागमती नगरपालिका २ धरहरा स्थित रहेको जनवाल कल्याण मा.विले छात्रवृत्ति वितरण गरेको छ।विद्यालय व्यवस्थापन समिति,बागमती नगरपालिका २ का वडा अध्यक्ष बाबु बल,विद्यालयका संस्थापक प्रधानाध्यापकहरु,बागमती नगरपालिका २ र ३ का बुद्धिजीवी तथा अभिभावकको सहभागितामा गत आर्थिक वर्ष २०८०/०८१ तथा शैक्षिक सत्र २०८० को विभिन्न प्रकारका छात्रवृत्ति वितरण गरिएको बागमती नगरपालिका २ धरहरा स्थित रहेको जनवाल कल्याण मा.विका प्रधानाध्यापक प्रकाश बहादुर जिम्वाले जानकारी दिए ।
बागमती नगरपालिकाभित्र रहेको पाँच वटा माध्यामिक विद्यालयहरु मध्य विभिन्न क्रियाकलापहरुमा राम्रो स्थानमा रहेको बागमती नगरपालिका २ धरहरा स्थित रहेको जनवाल कल्याण मा.विलाई विभिन्न समयमा स्थानीदाताहरुबाट आर्थिक तथा विद्यालयमा प्रयोगमा आउने सामानहरु सहयोग जुटि रहेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टंक बहादुर बोहोराले जानकारी दिए ।

सम्बन्धित समाचार