नेपाल तामाङ घेदुङ मधेश प्रदेश कार्य समितिको अध्यक्षमा सर्लाहीका सन्जिव मोक्तान सर्वसम्मत चयन भएका छन्।सर्लाहीको हरिवन नगरपालिका ११ स्थित सम्राट पार्टी प्यालेसमा घेदुङको दोस्रो प्रदेश अधिवेशन आयोजना भएको थिए ।गएसाँझ बाट सुरु भएको बन्दसत्रले सर्लाहीको हरिवनस्थित डाबरीका मोक्तानको नेतृत्वमा घेदुङको नयाँ प्रदेश कार्य समिति निर्विरोध चयन गरिएको नेपाल तामाङ घेदुङ हरिवन नगर समितिका निवर्तमान अध्यक्ष राजु ल्हो तामाङले जानकारी दिए ।

उनका अनुसार घेदुङको नवगठित प्रदेश कार्य समितिमा बाराका सुनमाया लोप्चन,पर्साका अष्टबहादुर लोप्चन र धनुषाका चन्द्रबहादुर मोक्तान उपाध्यक्ष,रौतहटका बाल कुमार रुम्बा महासचिव,महोत्तरीका कृष्णकुमार तामाङ र सर्लाहीका रीता ब्लोन सचिव,सप्तरीकी सरिता योन्जन कोषाध्यक्षमा निर्वाचित भएका छन्।नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन आयुक्त कुमार घिसिङले शपथ ग्रहण गराइसकेका नेपाल तामाङ घेदुङ मधेश प्रदेश समितिले जनाएको छ ।
घेदुङको दोस्रो प्रदेश अधिवेशनको शनिबार मधेश प्रदेश अध्यक्ष यमलाल गोलेको अध्यक्षतामा केन्द्रीय अध्यक्ष मोहन गोलेले उद्घाटन गरेका थिए ।उद्घाटन समारोहमा घेदुङका सह–अध्यक्ष कुमार घिसिङ,वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन,उपाध्यक्ष धर्म डुमजन,सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य एवम निवर्तमान रक्षा मन्त्री हरिप्रसाद उप्रेती,सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य जवाहर लाल कुशवाहा,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) र उपप्रमुख हरिमाया घलान लगायतको आतिथ्यता रहेको थियो ।