सर्लाहीका तीन महिला मन्त्री सहित ११ जनाको शुक्रबार शपथग्रहण

65 Shares

मधेश प्रदेश सरकारमा सर्लाहीबाट मात्रै तीन जना महिलाहरु मन्त्री भएका छन् ।शुक्रबार(आज) गठन भएको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्मा सर्लाहीबाट मात्रै तीन जना महिला मन्त्री नियुक्त भएका हुन ।प्रदेश सरकारमा पहिलो पटक सर्लाहीबाट यति धेरै मन्त्री र त्यसमा पनि सबै महिला समावेश भएका हुन।जनमात पार्टीका नेता सतिश कुमार सिंहको नेतृत्वमा बनेको मधेश प्रदेशको नयाँ सरकारको उर्जा,सिँचाई तथा खानेपानी मन्त्रीमा सर्लाहीको क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट निर्वाचित बेची लुङ्गेली,गृह,संचार तथा कानून मन्त्रीमा सर्लाही कै विमला अन्सारी र श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी चयन भएकी छन्।जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नेतृत्वको निवर्तमान प्रदेश सरकारमा श्रम तथा यातायात मन्त्री रहेकी लुङ्गेली नेकपा(एकिकृत समाजवादी)पार्टीकी नेतृ हुन भने गृह,संचार तथा कानून मन्त्री चयन भएकी अन्सारी नेपाल समाजवादी पार्टीकी एक्ली प्रदेशसभा सदस्य हुन।त्यसैगरी श्रम तथा यातायात मन्त्रीमा नियुक्त भएकी चौधरी नागरिक उन्मुक्ति पार्टीकी एक्ली प्रदेशसभा सदस्य हुन ।

3-mantri.webp
उर्जा,सिँचाई तथा खानेपानी मन्त्री लुङ्गेली एकिकृत समाजवादी पार्टीको प्रत्यक्ष तर्फकी प्रदेश सभा सदस्य हुन भने अन्सारी नेपाल समाजवादी पार्टीको समानुपातिकबाट एक्ली र चौधरी नागरिक उन्मुक्ति पार्टीको समानुपातिकबाट एक्ली प्रदेश सभा सदस्य हुन ।नवनियुक्त मुख्यमन्त्री सिंहसहित सर्लाहीका तीन जना महिला मन्त्ती सहित ११ जना मन्त्री र तीन जना राज्यमन्त्रीलाई शुक्रबार(आजै)प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथग्रहण गराएकी प्रदेश सभा सचिवालयले जनाएको छ ।जनता मसाजवादी पार्टी(जसपा)नेपालका नेता सरोज कुमार यादवले बहुमत प्राप्त गर्न नसकेपछि नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मधेश प्रदेश सरकार जनमत पार्टीका नेता सिंहको नेतृत्वमा चयन भएको हो ।

सम्बन्धित समाचार