नेकपा (एमाले)का नेता शान्तिमान कार्कीले सामाजिक सञ्जालमा निकै कडा र संवेदनशील अभिव्यक्ति सार्वजनिक गरेका छन् ।नेकपा (माओवादी केन्द्र)का पुर्व नेता समेत भएका उनले आफ्नै विगत,गिरफ्तारी,भूमिगत यात्रा,माओवादी आन्दोलनमा संलग्नता र पछिल्लो राजनीतिक परिदृश्य बारे उल्लेख गर्दै पार्टीभित्रको आन्तरिक चरित्रमाथि प्रश्न उठाएका छन् ।
उनले आफ्नो फेसबुकमा“कसरी काठमाडौंबाट गिरफ्तार भइ सिन्धुली डिएसपी नवीन अधिकारीमार्फत नेकपा (माले) जिल्ला सचिवको हैसियतले जिम्मा लिइयो भन्ने कुरा म शान्तिमान कार्की हुँ भनेर आज पनि खुलाउन चाहन्छु।”उनले तत्कालीन जिल्ला उपसचिव विनोद दाहालको आग्रहमा यो जिम्मेवारी लिएको दाबी गरे ।उनको अभिव्यक्तिमा विगतको सशस्त्र संघर्षमा आफूले खेलेको भूमिकाको चर्चा गर्दै हालका नेताहरूको व्यवहारप्रति आक्रोश व्यक्त गरिएको छ।उनले पार्टीभित्र रहेका केही व्यक्तिहरूलाई “धुपौरे भाडाका स्याल”संज्ञा दिँदै तीनले आफूविरुद्ध अनावश्यक प्रचार गरिरहेको आरोप समेत लगाए ।
“चुनावमा दुधौली,कमलामाई,मरिण,सुनकोशी र गोलन्जोर क्षेत्रहरूमा माओवादी केन्द्रबाट उभ्याइएका केही व्यक्तिहरूले बलात्कार,चोरी र भ्रष्टाचारजस्ता गम्भीर अपराधहरू गरे।जसले जनस्तरमा पार्टीको छवि धुमिल बनाएको छ।”कार्कीले आफ्नो फेशबुकमा लेखेका छन् ।कार्कीले स्पष्ट रूपमा कुनै व्यक्तिको नाम नलिए पनि उनको यो अभिव्यक्ति माओवादी नेता तथा सिन्धुली क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)लाई लक्षित गरिएको हुन सक्ने संकेत सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शंका छ ।
त्यस्तै,उनले जनयुद्धमा योगदान दिने सहिद,बेपत्ता,बन्दी र अपांग कार्यकर्ताहरूलाई सम्मानजनक व्यवहार नगरिएको प्रति दुःख व्यक्त गर्दै पार्टी नेतृत्वलाई पुनःआत्मसमीक्षा गर्न आग्रह गरे।“उपयुक्त समयमा फेरि भेटौंला,त्यतिबेला भेटघाट अवश्य नै निर्णायक हुनेछ।सूर्यलाई हत्केलाले छेकिदैन।”कार्कीले लेखेका छन् ।माओवादी नेता तथा सिन्धुली क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य दाहालले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)माथि आक्रोस व्यक्त गरेपछि उनको सिन्धुलीमा फेरी चर्चा चलेको छ ।
तत्कालीन नेकपा(माओवादी)को नेतृत्वमा भएको जनयुद्धका शहीद स्व.महेन्द्र श्रेष्ठका छोरा महेश श्रेष्ठ(कृतिक)ले आफ्नो सामाजिक सञ्जालबाट“२०५५ साल असार २० गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेपछि २०६३ साल सम्म आफू कहाँ थिए भनेर याद गर्नु पर्दैन ? त्यसै जनार्दन शर्मासंग भिड्न खोजेर हुन्छ ?त्यस्तो हैसियत पनि छ र ?”लेखेपछि सिन्धुली फेरी प्रतिनिधि सभा सदस्य दाहालको सवालमा सिन्धुलीमा फेरी चर्चा सुरु भएको हो ।
भने,दाहाल निकटका चिरन्जीवि दाहालले“राजन दाहालल सिन्धुलीगढी प्रहरी चौकी कव्जासंग सम्बन्धी मुद्दा मध्ये हातहतियार खरखजाना मुद्दामा २ वर्ष र छ हजार जरिवाना फैसला भइसकेको र पुनरावेदन म्याद पनि सकिएको अवस्थामा २०५३ माघ २ गते गिरफ्तार गरी माघ १३ गते कैदी पूर्जी थमाएर सिन्धुली कारागार पठाएको विषय सत्य हो।पछि सेन्टर जेल हुँदै वीरगञ्ज जेलमा कैद भुक्तानी गरेर रु छ हजार जरिवाना तिरेपछि कानून सम्मत छुट पूर्जी लिएर उनको बुबा लिलानाथ दाहाल २०५५ चैत २७ गते वीरगञ्ज कारागार गएपछि छुटेको विषयलाई शहिद परिवारसँग अनैतिक सम्बन्ध कायम गरेर पार्टीले कार्वाही गरी निकालेका पात्रको भ्रामक फेसवुक स्टाटस प्रति गम्भीर आपत्ती छ।कोही भ्रममा नपर्न अनुरोध छ।”आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
दाहालले भूमिगत संघर्षको निर्णायक घडीमा आन्दोलनबाट टाढा हट्दै आत्मसमर्पणको बाटो रोजेका शहिद परिवारका श्रेष्ठको आरोप छ।त्यही आन्दोलनको साख र योगदानलाई आधार बनाएर नेतृत्वको दाबी गर्नु नैतिक रूपमा गलत होे।“के २०५५ सालमा आत्मसमर्पण गरेका दाहाल आज जनयुद्धको त्याग र समर्पणका साक्षी बन्न सक्छन ?”यो प्रश्न शहिद परिवारको तर्फबाट सामाजिक विमर्शको केन्द्रमा आएको छ ।
यस्तै अर्का शहिद दिलकाजी कार्कीका छोरा प्रतीक कार्कीले पनि दाहालको भनाई लाई खण्डन गर्दै फेसबुक मार्फत कडा टिप्पणी गरेका छन्।“एउटा तप्का माओवादी पार्टीको नेतृत्व पुष्प कमल दाहाल(प्रचण्ड)ले मात्र गर्न सक्ने बताई रहेका छन्।यो पार्टी हजारौँ योद्धा र इमानदार जनताको सामूहिक प्रयासले बनेको हो।”उनले अगाडी लेखे“उनले नेतृत्व गरि रहनु कार्यकर्ताको विश्वासको कारण हो,कुनै अद्भुत क्षमता भएर हैन।अब नेतृत्वमा सबै कार्यकर्तालाई समान अवसर दिनुपर्छ। माओवादी युद्ध सरदारहरूको पार्टी हैन,यो मुक्ति योद्धाहरूको पार्टी हो।”उनले फेसबुकमा लेखेका छन् ।२०५९ असारमा शाही सेनाको कारबाहीमा खोटाङमा दलकाजी कार्की मारिएका थिए ।
यो बहस केवल एक नेताको आलोचना वा बचाउको विषय नभई माओवादी केन्द्र भित्र अहिले सर्वत्र चर्चाको विषय बनेको छ।यो माओवादी आन्दोलनको इतिहास,योगदानको मान्यता र आजको नेतृत्व संस्कृति माथिको गहिरो बहस हो।“इतिहास बिर्सेर नेतृत्वको दाबी गर्न पाइन्छ ?”र “पार्टी एक व्यक्तिको वरिपरि मात्र घुम्ने कि साझा योगदानको मूल्यांकन गर्ने ? भन्ने प्रश्न उब्जिएको छ ।