लालबन्दी जेसीज वर्ष –२०२३ को सप्ताहव्यापी कार्यक्रम सम्पन्न

321 Shares

सर्लाहीको लालबन्दी जेसीज वर्ष –२०२३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज (शनिबार)भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।लालबन्दी जेसीज वर्ष –२०२३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज(शनिबार)भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा लालबन्दी नगरपालिकाको टिमले लालबन्दी जेसीजको टिमलाई पराजित गरेको छ ।
खेलको पाँचौँ मिनेटमै खाएको आत्मघाती गोल नै निर्णायक बन्दा आयोजक लालबन्दी जेसीज वर्ष २०२३ ले पराजय बेहार्नुपरेको लालबन्दी जेसीज वर्ष –२०२३ का अध्यक्ष ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दए ।उनका अनुसार लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारी र लालबन्दी जेसीज वर्ष २०३३ का अध्यक्ष बख्रेलको नेतृत्वमा लालबन्दी नगरपालिका ६,स्थित रहेको राधाकृष्ण खेल मैदानमा ५० मिनेटको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको आयोजक लालबन्दी जेसीज वर्ष २०२३ ले जनाएको छ ।


कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अधिकारीले खेलकुदका कार्यक्रमले आत्मियताका साथै सकारात्मक सन्देशको सन्देश दिने बताए । लालबन्दी जेसीज वर्ष –२०२३ का कार्यकारिणी उपाध्यक्ष सुनिता खरेल(थपलिया)को संयोजकत्वमा ७ वटा फरक–फरक कार्यक्रमसहित जेसीज सप्ताह मनाइएको हो ।उनका अनुसार जेसीज सप्ताह अन्तर्गत लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सरसफाई तथा गमला हस्तान्तरण,लालबन्दी नगरपालिका २ स्थित जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्धसेवाश्रमका ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण,औषधी वितरण तथा एक छाक भोजन,लालबन्दी नगरपालिका ७ स्थित श्री रामजानकी वैद्धिक गुरुकुलम्मा अध्यायनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण,लालबन्दी नगरपालिका ९ स्थित बस्तीपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयमा किशोरी शिक्षा एवम सुरक्षा सम्वन्धी अभिमुखीकरण र साइबर सुरक्षा एवम अपराध न्यूनिकरणका लागि अभिमुखिकरण र मैत्रीपूर्ण फुटबल खेल गरी सात वटा कार्यक्रमहरुको आयोजना गरि जेसीज सप्ताह मनाइएको लालबन्दी जेसिज वर्ष २०२३ का अध्यक्ष अध्यक्ष बख्रेलले बताए ।

सम्बन्धित समाचार