सर्लाहीको बसरिया गाउंपालिकाको गाउ सभा गर्ने क्रममा झडप हुँदा करिब एक दर्जन घाईते भएका छन् ।बसबरिया गाउपालिकाको दोस्रो गाउा सभा सुरु हुना साथ गाउँपालिका उपाध्यक्ष सरिता कुमारी साह पक्षका जनप्रतिनिधिहरुले चर्काे विरोध गरेपछि गाउँ सभा स्थगित भएको गाउँपालिका उपा अध्यक्षहरु सरिताले जानकारी दिईन् ।
बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन रायले एकलौटी रुपमा काम गरेका र चर्काे भ्रष्टाचार गरेका भन्दै गाउँपालिका उपाध्यक्ष सरिता पक्षबीच लामो समयदेखि विवाद थियो ।
गाउँपालिका अध्यक्ष रायले एकलौटी ढङ्गले गाउँसभा गर्न लागेको भन्दै उपाध्यक्ष सरिता पक्षले हस्तक्षेप गर्नेक्रममा आइतबार दिउँसो भएको झडपमा परी ६ जना सुरक्षाकर्मीहरु र ४ जना आन्दोलनकारी घाईते भएका नेपाली कांग्रेस बसबरियाका नेता गजेन्द्र साहले जानकारी दिए ।
उनका अनुसार गाउँपालिका अध्यक्ष राय एकलौटी चल्न खोजेपछि उपा अध्यक्ष सरिता वपक्षधर र गाउँपालिका राय पक्षधरहरु विच झडप हुँदा ६ जना सुरक्षाकर्मीहरु र चार जना आन्दोलनकारी घाईते भएका हुन ।
स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्याँस प्रहार गरेकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गाउँसभा भइरहेको ठाउँमा आएर एक्कासी ढुङ्गामुढा गरिएको र स्थिति सामान्य भएपछि बजेट सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष रायले बताए ।
आन्दोलनकारी माथि गाउँपालिका वडा नम्बर २ का वडा सचिव रमा शंकर यादव,बसबरिया गाउँपालिका ३ का वडा सचिव संजीव यादव र बसबरिया गाउँपालिका ४ का वडा सचिव सीकिन्द्र रायको आक्रमणबाट घाइते चार जना स्थानीय घाईते भएका नेपाली कांग्रेस बसबरियाले जनाएको छ ।
घाइते भएकाहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ । बसबरिया गाउँपालिकाका अध्यक्ष यादवललाई नेपाली कांग्रेस बसबरियाले आफ्ना कमिकमजोरी सुधार गर्दै अनियमितता नगरी काम गर्न भन्दै ध्यानाकर्षण सहितको गराई सकेको थियो ।
चुनावको समयमा गाउँपालिकावासीसँग गरेको प्रतिवद्धता विपरीत विभिन्न किसिमको जालझेल भएको,कानून र जनताका भावना विपरीतका काम भएको,बिजुली बत्ती,ग्याँस सिलिण्डर खरिद लगायतमा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसले ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको थियो । साथै, कांग्रेसले सूचनाको हक सम्वन्धी ऐन अन्तर्गत गाउँपालिकाबाट विभिन्न सूचना समेत माग समेत गरेको थियो ।
गाउँपालिका अध्यक्ष यादवले आफ्ना भान्जा मार्फत कमिसन उठाउने र गाउँपालिका भित्र हुने विकास निर्माणमा भ्रष्टाचार गर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको करिब ४८ लाख,विद्युतिकरणको काममा ८ लाखको ठाउँमा ८८ लाखको विल बनाएका,ग्याँस चुल्होको १० हजार पाँच सयका दरले विल बनाएर करिब रु ४ करोड भ्रष्टाचार गरेका,गाउँपालिका भित्रका विभिन्न स्थानमा सडकको स्तरोउन्नतीको नाममा ७६ लाख भ्रष्टाचार गरेका, विभिन्न होटलहरुमा मदिरा खाएर २० लाखको विल गाउँपालिकाबाट तिरी अनियमितता गरेका,कृषि बिऊ विजनको करिब रु ८० लाख भ्रष्टाचार गरेका र डिजेल देशभरमै सबै भन्दा धेरै प्रयोग गरि गाउँपालिका अध्यक्ष यादवले भ्रष्टाचार गरेका नेपाली कांग्रेसको आरोप छ ।