सर्लाही प्रहरीले प्रतिवन्धीत लागुऔषध गाँजा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित मेजरगन्जबाट दुई जना र ब्रम्हपुरी गाउँपालिका ५ सखुअवाका एकजना गरी तीन जनालाई अन्दाजी १५ किलो प्रतिवन्धीत लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका ५ मेजरगन्जबाट बिआर ३० टी ४०२५ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको अवस्था अन्दाजी पाँच किलो प्रतिवन्धीत लागुऔषध गाँजा सहित दुई जना भारतिय नागरिकलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।बिआर ३० टी ४०२५ नम्बरको मोटरसाईकलको सिटमुनी प्रतिवन्धीत लागुऔषध गाँजा लुकाई छिपाई उत्तरबाट दक्षिण तर्फ जाँदे गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा मोटरसाईकलको सिटमुनी लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा अन्दाजी पाँच किलो प्रतिवन्धीत लागुऔषध बरामद् भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक सुजन पाठकले बताए ।उनका अनुसार अन्दाजी पाँच किलो प्रतिवन्धीत लागुऔषध गाँजा, मोटरसाईकल र दुवै जनालाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ।
त्यस्तै,ब्रम्हपुरी गाउँपालिका ५ सखुअवा स्थित आफ्नै घरमा प्रतिवन्धीत लागुऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले अन्दाजी १० किलो प्रतिबन्धित लागु औषध गाँजासहित ब्रम्हपुरी गाउँपालिका ५ सखुअवाका अन्दाजी २१ वर्षिय पंकज साहलाई नियन्त्रणमा लिएको छ ।साहले आफ्नै घरमा लुकाई छिपाई प्रतिवन्धीत लागुऔषध गाँजा राखेका पाइएको र प्रतिवन्धीत लागुऔषध गाँजा सहित नियन्त्रणमा लिईएका साहलाई सर्लाही जिल्ला अदालत मलंगवाबाट पाँँच दिनको म्याद लिएर प्रहरीको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान अघि बढाएको सर्लाही प्रहरीले जनाएको छ ।सिन्धुलीको मरिण रहरिहरपुरगढीका साथै सर्लाहीकोचुरे क्षेत्रमा उत्पादन भएको लागु औषध गाँजा सर्लाहीका विभिन्न बाटो,हुँदै भारत जाने गरेको भन्दै प्रहरीले आफ्नो गतिविधि बढाएको छ ।