सर्लाहीको बागमती नगरपालिका ४ डावरीबाट सर्लार्ही क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय तर्फ मटपेटिका ढुवानीको लागी प्रयोग भएको बसको सुरक्षार्थमा खटिएको नेपाली सेनाले भाडामा प्रयोग गरेको बोलेरो दुर्घटना भएको छ ।
बागमती नगरपालिका ४ डावरीबाट सर्लार्ही क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय तर्फ मटपेटिका ढुवानीको लागी आउँदै गरेको बसलाई सुरक्षा दिन खटिएको नेपाली सेनाले भाडामा प्रयोग गरेको ज १ झ १११४ नम्बरको बोलेरो ब्रेक फेल भई उक्त बसको पछाडीको भागमा ठोक्किएर दुर्घटना हुँदा बोलेरोका चालक श्री काली ध्वज गण कर्मैया वेशमा कार्यरत अमलदार अन्दाजी वर्ष ३१ का किरण बिष्ट घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार बसको नम्बर प्लेट र बम्परको भागमा क्षेती भएको र बोलेरो बिजुलीको पोलमा ठोकिएको हो।बसको नम्बर नखुलेको साथै घाईते चालकको बागमती मोडेल अस्पताल कर्मैया सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि शिभिल अस्पताल चन्द्रपुर रौतहट पठाइएको प्रहरीले जनाएको छ ।