सिरहामा स्कोरपीयोको ठक्करबाट सशस्त्र प्रहरी बल नेपालका नायव निरिक्षक(सई)को मृत्यु भएको छ। नम्बर नखुलेको स्कोरपीयोको ठक्करबाट भारतीय सीमानजीकै बडीयारपट्टी १ कचनारी बेश क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बल नेपालका शसस्त्र प्रहरी बल नेपालका नायव निरिक्षक(सई) अन्दाजी वर्ष ४८ का लक्ष्मण प्रसाद यादवको मृत्यु भएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा.गण सिराहाका गणपति एवम शसस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए ।
उनका अनुसार भारत तर्फ मधिरा तस्करी भईरहेको छ भन्ने विशेष सूचनाका आधारमा शसस्त्र प्रहरी बल नेपालको टोलिले स्कोरपीयोलाई शनिबार राति करिब ३ बजे चेक गर्ने क्रममा स्कारपियोले ठक्कर दिएको थियो। स्कारपियोको ठक्करबाट घाइते भएका सई यादवलाई तत्काल उपचार गराउन रामकुमार उमाप्रसाद स्मारक प्रादेशीक अस्पताल लहान लगेपनि त्यहाँ चिकित्सकले मृत घोषणा गरेको शसस्त्र प्रहरी बल नेपाल नम्र ७ हे.क्वा.गण सिरहाले जनाएको छ।
शसस्त्र प्रहरी नायव निरिक्षक यादवको कमाण्डमा गस्तीमा खटिएको शसस्त्र प्रहरीको हँतियार सहितको टोलीमा एक जना शसस्त्र प्रहरी नायव निरिक्षक(सई)यादवको मृत्यु भएको घटनाले प्रहरी आफै शंकाको घेरामा परेको छ।सिरहा सहित मधेश प्रदेशका जिल्लाहरुबाट प्रहरी प्रशासनहरुकै मिलेमत्तोमा निर्वाध रुपमा मधिरा भारत तर्फ तस्करी हुने गरेको एक प्रहरी अधिकारीले बताए ।भने कतिपय अवस्थामा कमिसनको कुरा नमिले पछि त्यस प्रकारको तस्करीका सामानहरु नियन्त्रणमा लिएपछि सो कुराप्ष्टि हुने गरेको जानकारहरु बताउँछन् ।सिरहाको यो घटनाले भने मधिरामात्र नभई मधेश प्रदेशका अन्य जिल्लाहरुबाट समेत अन्य सामाग्रीहरुको पनि तस्करी भएको हुन सक्ने सर्व साधारणको आशंका छ ।
“सिरहामा घटेको घटना नेपाल भारत सिमा क्षेत्रभन्दा करिब चार सय मिटरको दुरीमा नेपाल तर्फ भएको हो। मधिरा तस्करले नेपालमा यति ठूलो उपद्रो गर्दैन।भारतमा मात्र उनीहरुलाई मधिरा कारोबारामा डर हुन्छ। यो गाडीमा सुपाडी,सुकमेल,प्रतिवन्धित लागूऔषध गाँजा वा त्यस्तै कुनै बहुमुल्य सामाग्री हुनु पर्छ।”एक स्थानीय जानकारले बताए ।
यता परिवारजनले घटनाको उचित छानविन गर्नु पर्ने माग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा चक्का जाम सहित प्रदर्शन समेतगरेका छन् ।उनीहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निलम्वन गरी घटनाको छानविन गर्नु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन ।शसस्त्रप्रहरी नायव निरिक्षक यादवको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।पछिल्ला दिनहरुमा भारतीय सीमाक्षेत्रबाट भारत लान ठिक पारेका मधिरा शसस्त्र प्रहरी र नेपाल प्रहरीले बरामद् गर्न थालेपछि तस्करहरु सल्बलाएका प्रहरी अधिकारीहरु बताउँछन् ।