हरिपुर १ जानकीनगरमा व्यक्तीको पोखरी खन्ने विषयमा विवाद

883 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगरका एक स्थानीयले आफुले भोग चलन गरि रहेको जमिनमा माछा पोखरी खन्ने क्रममा विवाद सृजना भएको छ । हरिपुर नगरपालिका १ जानकीनगरका स्थानीय मननाथ निरौलाले आफुले भोग चलन गरि रहेको जमिनमा माछा पोखरी खन्ने क्रममा विवाद सृजना भएको हो । 
हरिपुर नगरपालिका १ जानकीनगरका स्थानीय मननाथ निरौलाले आफुले भोग चलन गरि रहेको जमिनमा माछा पोखरी खन्ने क्रममा विवाद सृजना भएको छ । केही मानिसहरु विभिन्न स्वार्थ राखेर सव डिभिजन वन कार्यालय जानकीनगरमा पुगेका र सो स्वार्थ पुरा नहुँदा सव डिभिजन वन कार्यालय जानकीनगरको मिलेमतोमा स्थानीय निरौलाले करिब १४÷१५ वर्ष पहिलादेखि भोगचलन गरिरहेको जमिनमा माछा पोखरी खन्दा पनि राष्ट्रिय वनको जमिनमा पोखरी खनिएको भन्दै विभिन्न सञ्चार माध्यामहरुमा समाचार प्रकाशन गरि विवाद सृजना गरेका हुन । 
आफुले करिब १३÷१४ वर्ष पहिला देखि भोगचलन गरि रहेको र तत्कालीन स्थानीय सरकार र वन कार्यालयको रोहबरमा जंगल र आवदी जमिन छुट्याएर बाटो बनाईएको र सो बाटो भन्दा भित्रको भोगचलन गरि रहेको जमिन जो जसले भोग चलन गरि रहेको छ उसैले भोगचलन गर्ने र बाटो भन्दा बाहिर नजाने सहमती भएको स्थानीय मननाथ निरौलाले बताए ।
 सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख विनय कुमार साहसंग केही स्वार्थ लिएर पुगेका केही मानिसहरुको स्वार्थ पुरा नहुँदा वन कार्यालयका कर्माचारीहरुको मिलेमतोमा राष्ट्रिय वनमा पोखरी खनिएको भन्दै गलत हल्ला चलाएर विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशन भएको थियो । तर सो जमिन करिब १४÷१५ वर्ष पहिला वन कार्यालय र तत्कालीन गाविसको रोहवरमा जंगल छुट्याएर बाटो निर्माण गरिएको र बाटो भन्दा बाहिर नजाने बाटो भित्रको जमिन जो जसले भोग चलन गरि रहेको छ उसैले भोग चलन गर्ने भन्ने सहमति समेत भएको थियो ।
पोखरी खन्ने विषयमा पछि आफुलाई थाहा भएको तर निरौलाले भोगचलन गरि रहेको जमिनमा खपोखरी खनेका हरिपुर नगरपालिका १ का वडा अध्यक्ष नानिबाबु थापाले बताए । उनले निरौलाको नम्बरी जमिन १३ कठ्ठा १७ धुर रहेको तर पोखरी अली ठुलो खनिएको भने सत्य रहेको बताए । वन कार्यालय र स्थानीय तह विच भएको सहमती अनुसार स्थानीयले भोग चलन गरि रहेको जमिन भन्दा बाहिरबाट बाटो निर्माण गरि सो भन्दा बाहिरबाट वन कार्यालयले घेराबेरा समेत गरेको भएपनि केही स्थानीयका कारण व्यक्तीले आफुले भोग चलन गरि रहेको जनिमा माछा पोखरी खन्दा विवाद सृजना भएको हो । 
सो जग्गा धेरै पहिला वन क्षेत्रसंग जोडिएको र त्यो समयमा वन कर्माचारीहरु जान सक्ने अवस्था नरहेको समयमा स्थानीयले जग्गा अतिक्रमण गरेका भएपनि पछि वन कार्यालय र साथनीय सरकारको रोहरबमा वन संरक्षणका लागि बाटो बनाईएको र जंगल क्षेत्र मै नपरेको देखिएको भएपनि नापी कार्यालयबाट अमिन आएर नापजाँच गरेपछि मात्रै कति वन क्षेत्रको जमिन हो भन्ने एकिन गर्न सकिने सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख विनय कुमार साहले बताए 
उउनले सो पोखरी खन्ने क्रममा वन कार्यालयसंग कुनै किसिमको अनुमती तथा वन कार्यालयलाई कुनै किसिमको जानकारी नगराई काम गरिएका कारण अहिले पोखरी खन्ने काम रोकिएको र सरकारी अमिनि आए र नापजाँच गरेपछि मात्रै के गर्ने भन्ने टुङ्गो लाग्ने बताए ।
स्थानीय निरौलाको १३ कट्ठा १७ धुर नम्बरी जग्गा रहेको र सोसंग सिमाना जोडिएको केही ऐलानी जग्गा पनि करिब १४÷१५ वर्ष पहिला देखि नै भोग चलन गरि रहेका थिए । हरिपुर नगरपालिका १ जानकीनगरको सो क्षेत्रमा करिब ६० घरधुरीले अहिले पनि केही भाग नम्बरी र सोसंग जोडिएको केही भाग ऐलानी जमिन भोग चलन गरि रहेका छन् । भने निरौलाको सो जमिनमा माछा पोखरी खन्दा सव डिभिजन वन कार्यालय जानकीनगर तथा वन कार्र्यालयको क्षेत्रमा पोखरी नखनिएको स्थानीय जानकारहरु पनि बताउँछन् । सो क्षेत्रमा करीब ७० घुरधुरी विगत लामो समयदेखि आफ्नो नम्बरी जग्गाको छेउमा रहेको ऐलानी जमिनको भोगचलन गरि रहेका छन् । भने वनले आफ्नो सिमाना बाटोले छुट्याई सकेको छ ।

सम्बन्धित समाचार