बागमती ९ का वडा सदस्य महतो माओवादी केन्द्रमा प्रवेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१४ गते   १०२७ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाका वडा नम्बर ९ का वडा सदस्य नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।  बागमती नगरपालिका वडा नं ९ मा नेपाली कांग्रेसबाट निर्वाचित भएका वडा सदस्य मुनिलाल महतो माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। 


उनलाई बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा (क)का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले माला र खादा लगाएर पार्टी प्रवेश गराएका हुन । 
‘सबै परिवारका सदस्य,समाज नै माओेवादी केन्द्रमा सक्रिय रहेकाले आफुपनि माओवादी केन्द्रमा प्रवेश गरेको वडा सदस्य महतोले बताए । म एक्लै चाँही कसरी कांग्रेसमा बस्नु? कसैको करकाप हैन,तर सबै साथी–भाई माओवादी केन्द्रमा भएकाले मलाई पनि मन लागेर पार्टी परिवर्तन गरेको हुँ।’ वडा सदस्य महतोले कमलामाईमिडिया प्रा.लिसंग बताए । २०४९ साल देखी नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय रहेका  उनी शनिबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech