चोरीको मोटरसाईकल सहित एक र लागु औषध सहित एकजना पक्राउ

688 Shares

गणेश खड्का
सर्लाही मलंगवा नगरपालिका ८ स्थित भन्सार क्षेत्रबाट लागु औषध सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीको चेकिङ टोलीले भारतबाट मलंगवा तर्फ आउँदै गरेको प्रदेश २–०२–००४ प ८८९६ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा सिटमुनी लुकाएर ल्याउँदै गरेको कोडिवेल चार बोलत सुहित विष्णु गाउँपालिका ३ मधुवनगोठका अन्दाजी वर्ष २६ का सुरज कर्णलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिईएको लागु औषध, मोटरसाईकल र कर्णलाई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखि आवश्यक अनुसन्धान सुरु भएको छ ।
त्यसैगरी बरहथवा नगरपालिका ७ मा पार्किङ गरी राखेको चोरीको मोटरसाईकल सहित एक जनालाई प्रहरलिे नियन्त्रणमा लिएको छ । हरिपुर नगरपालिका १ का भिम बहादुर बुर्जा मगरको बा ३१ प ५२०१ नम्बरकोे रातो स्पलेण्डर मोटरसाईकल चोरी भएको प्रहरीलाई खबर पुगेपछि ईलाका प्रहरी कार्यालय बरहथवाको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सो मोटरसाईकल बरहथवा नगरपालिका ६ का अन्दाजी बर्ष २५ काो दिनेश महतोले कालो रंगलगाई बरहथवा नगरपालिका ७ स्थित रहेको बजरंग मोटर पार्ट्स पसलमा नम्बर लेखाउन आएको समयमा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षकमकेन्द्र मिश्रले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिएको मोरटसाईकल र चोरीमा संग्लग्न महतोलाई ईलाका प्रहरी कार्यालय बरहथवामा राखि आवश्यक अनुसनधान सुरु भएको छ । पछिल्लो समय प्रहरीले निकै कडाई गरेपनि मोटरसाईकल चोरीका घटना निकै बढेका छन् ।

सम्बन्धित समाचार