सिन्धुलीको गोलन्जोर गाउँपालिकाका अध्यक्ष,उपा अध्यक्ष र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलेर आर्थिक चलखेल गरि निकासी ठेक्का लगाएका पाइएको छ । गाउँपालिकाबाट निकासी हुने मालबस्तुको ठेक्का लगाउँदा लगातार तीन वाषर्् समम एउटै व्यक्तिलाई ठेक्का दिएपछि गाउँपालिकाका अध्यक्ष शंकर राज बराल,उपा अध्यक्ष ज्वाला प्रसाद न्योपाने(पुकार) र प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल मिलेर आर्थिक चलखेल गरि पुरानै दररेटमा समुन्द्र श्रेष्ठलाई ठेक्का दिएका पाईएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा रु नौ लाखमा ठेक्का लागेको निकासी करको आर्थिक वर्ष २०८०/०८१ मा २० प्रतिशत बृद्धि गरि ठेक्का लगाउने बताइएको भएपनि गाउँपालिकाका अध्यक्ष बराल,उपाअध्यक्ष न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत पौडेल मिलेर पुरानै दररेटमा आर्थिक चलखेल गरि पुरानै ठेकेदारलाई ठेकका लगाएका एक निर्माण व्यावसायीले बताए ।
सो विषयमा बुझ्न फोन गर्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले पटक पटक ठेक्का रद्ध गरी पुन ठेक्का लागेको बताए ।उनले आफुहरुले पत्रिकामा निकालेर ठेक्का लगाएको र यस भित्र अरु साथीहरु पनि रहेका बताए । तपाईहरुले विना प्रतिष्पर्धा एउटै ठेकेदारलाई ठेक्का दिनु भएको छ ?नी भन्ने हाम्रो प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत पौडेलले पहिला पनि यसैगरी दिएको साथीहरुले भनेपछि सोही अनुसार गरेको बताए । उनले आन्तरीक धेरैकुराहरु रहेकाले पछि फोन गर्ने बताए ।
त्यसैगरी,ठेकेदार समुन्द्र श्रेष्ठलाई फोन गर्दा उनको फोन उठेन । गाउँपालिकाले तीन पटक भएको ठेक्कामा आर्थिक चलखेल गरि आन्तीक रुपमा कमिसन दिने ठेकेदारलाई ठेक्का लगाएको निर्माण व्यावसायीको आरोप छ । यता, यो विषयमा समाचार प्रकाशन भएपछि कमलामाई मिडिया प्रा.लिलाई धेरै ठाउँबाट धेरै मानिसहरुले फोन गरेका छन् ।