सर्लाहीको लालबन्दी नगरपालिकाले ठेक्का लगाएको कालिन्जोर र लखन्देही खोलाको अवैध उत्खनन्मा लालबन्दी नगरपालिकाका इन्जिनियर रोशन पण्डीतको साथ रहेको रहस्य बाहिरिएको छ ।लालबन्दी नगरपालिकाको कालिन्जोर खोलाको भोर्लेनी नाका,रानिगञ्ज नाका,रेल्वे पुल नाका र जब्दी नाकाका साथै लखन्देही खोलाको बाहुने नाका,कोइरी टोल नाका,हिरापुर नाका,नवलपुर नाका,गणेश चोक नाका,मोहनपुर नाका र धङती टोला नाकाबाट नदीजन्य पदार्थ उत्खनन्,संकलन तथा बिक्रि वितरणका लागि भन्दै कार्तिक २५ गते महोत्तरीको बर्दिवास नगरपालिका ८ स्थित रहेको आदित्य सोनु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिलाई ठेक्का दिएको थियो ।
लालबन्दी नगरपालिकाले असोज १ गते सूचना जारी गरि ठेक्का आव्हान गरेकोमा दुई वटा फर्मले ठेक्का खरिद गरेका भएपनि कालिन्जोर र लखन्देही दुवै खोलाको एउटै ठेकेदार कम्पनीले ठेक्का सकार गरेर उत्खनन्को काम गरेको थियो ।कालिन्जोर खोला एक करोड ११ लाख ९८ हजार एक सय ५२ रुपैँया ८० पैसा मुल्य अभिबृद्धि कर बाहेक बोल कबोल गरिएकोमा एक करोड २९ लाख ९८ हजार सात सय ६६ रुपैँया २९ पैसामा र लखन्देही खोला एक करोड १३ लाख ८९ हजार तीन सय १२ रुपैँया ८० पैसा मुल्य अभिबृद्धि कर बाहेक बोल बकोल रकम रहेकोमा एक करोड २८ लाख ७१ नौ सय ५५ रुपैँया ४३ पैसामा उत्त ठेकेदार कम्पनीले ठेक्का सकार गरेको भएपनि अवैध उत्खनन् कार्यमा नगरपालिकाका इन्जिनियर पण्डीतले साथ दिएका पाइएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ रदफा ६२ का साथै नेपाल सरकारले जारी गरेको “ढुङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७” र मधेश प्रदेशको आर्थिक ऐन २०८१ को दफा ८ मा निर्धारण गरिएको मापदण्ड अनुसार नदीजन्य पदार्थ आन्तरीक निकासी पैठारीका लागि ठेक्का लगाएकोमा राष्ट्रिय गौरवको योजना पुर्व पश्चीम राजमार्ग निर्माणको बाहनामा नदीजन्य पदार्थको अवैध उत्खनन् तथा निकासी पैठारी भएको भएपनि त्यस विषयमा सरोकारवाला निकाय लालबन्दी नगरपालिकाले चासो नदेखाएपछि नगरपालिकाका इन्जिनियर पण्डीतले साथ दिएको प्रष्ट भएको हो ।
आन्तरीक राजश्वमा बृद्धि भएको भएपनि नियमनकारी निकायले ठेक्का लगाउने तर नियमित अनुगमन नगर्दा कालिन्जोर र लखन्देही खोलाबाट तोकिएको मापदण्ड भन्दा बढी सवारी साधनहरुको प्रयोग गरी “ढुङ्गा, गिट्टी,बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७”को पालना नगरी,नदीजन्य पदार्थ उत्खनन् स्थलमा सूचना बोर्ड नराखि,उत्खनन् स्थलको सिमांकन नगरि,मापदण्ड विपरित ठूला सवारी साधनहरु सञ्चालन गरि, दुरी सम्बन्धी मापदण्ड पालना नगरी, स्टोक गरिएको ठाउँबाट अन्यन्त्र निकासी पैठारी गर्दा सम्बन्धीत स्थानीय तहलाई तिर्नुपर्ने कर नतिरेको साथै स्टोक स्थलको अनुमती नलिएको,विना नम्बर प्लेटका सवारी साधनहरु प्रयोग गरेको,अनलाईन भ्याट विल नकाटेको साथै वन क्षेत्रमा स्टोक गरिएको पाइएको छ ।जसको संरक्षण नगरपालिकाका इन्जिनियर पण्डीतले गरेका छन् ।
सर्वाेच्च अदालतले माघ ७ गते नेपाल सरकारको नाममा कानुन विपरीत खोला तथा नदीबाट भइरहेको रोडा,ढङ्गा,गिट्टी,बालुवा जस्ता नदीजन्य पदार्थको अवैध उत्खनन् तत्काल बन्द गर्न साथै उत्खनन् गर्ने कार्यलाई नियमित र पर्यावरणीय प्रभावलाई ध्यानमा राखेर गर्न भन्दै परमादेश जारी गरेको भएपनि ठेकेदारहरुले राजनीतिक दल तथा जनप्रतिनिधिहरुको आडमा राज्यले तोकेको मापदण्डलाई लत्याएर खुलेआम रुपमा नदीजन्य पदार्थको उत्खनन् तथा निकासी पैठारी गरि रहेको भन्दै समचार प्रकाशन भएपछि तत्कालका लागि नदी दोहनको काम रोकेको भएपनि अन्तरीक रुपमा मिलाएर उत्खनन्को काम सुरुगर्ने तयारी भएको समेत स्रोतले जनाएको छ ।
आईईई गरेको ठाउँमा एक दशमलव पाँच (१ दशमलव ५) मिटर अर्थात पाँच फिट गहिराइ सम्म उत्खन्न् गर्न पाउने,श्रम प्रविधिको प्रयोग गर्ने,दैनिक दुई सय ९६ घनमिटर मात्रै उत्खनन् गर्न पाउने भएपनि कानूनी व्यवस्था नगरपालिकाका इन्जिनियर पण्डीतको संरक्षणमा उल्लेखित मापदण्ड विपरित विपरित करिब १५ फीट गहिरो सम्म उत्खनन् गरेर ठेकेदारहरुले आफ्ना गलत हर्कतको प्रमाण लुकाउन ठेकेदार कम्पनीले उत्खनन् गरिएका ठूला खाडल पुरेका छन्।
खोलाले बनाएको लेयर भत्काएर नदीजन्य पदार्थ निकालेपछी बाढी आउँदा गाउँमा पस्ने स्थानीयको चिन्ता छ।सम्झौतामा उल्लेख भए अनुसार सूर्योदय अघि र सूर्योदय पछि उत्खनन् गर्न पाइदैन तर ठेकेदार कम्पनीले रातको समयमा पनि उत्खनन् गरेको नगरपालिका र ठेकेदार कम्पनी बीचको सम्झौता विपरित चार गुणा बढी गहिरो पारेर नदीजन्य पदार्थ उत्खनन् गरिएको भएपनि सरोकारवाला निकाय मौन बस्दा अवैध तरिकाबाट मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन्मा नगरपालिकाका इन्जिनियर पण्डीतको साथ रहेको स्थानीयको आरोप छ ।
नदीको प्राकृतिक संरचना र पारिस्थितिकी प्रणालीलाई क्षति नपुगोस् भन्ने दृष्टिकोण राखेको हाल भई रहेको नदीजन्य पदार्थको उत्खनन्,निकासी र पैठारीलाई स्थलगत अवलोकन गरी तोकिएको मापदण्ड विपरित रहेको पाइएमा तत्काल रोक्न सर्वाेच्चले सरकारलाई आदेश गरेको भएपनि नगरपालिकाका इन्जिनियर पण्डीतको साथ पाएका कारण त्यसलाई वेवास्था गर्दै ठेकेदारहरु र स्थानीय जनप्रतिनिधिहरु आर्थिक प्रलोभनमा परेर काम निरन्तर भई रहेका चौतर्फी चर्चा छ ।
यता,लालबन्दी १७ स्थित रहेको एभरेष्ट सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा घर भन्दा ठूलो स्टोक राखिएको भएपनि सरोकारवाला निकाय मौन छन्।जिल्लाका नदीहरुबाट नदीजन्य पदार्थ स्थानीयस्तरमा भइरहेका विकास निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा लाने भनिएको भए पनि नजिकै रहेका क्रसर उद्योग तथा स्टोरमा संकलन भए पश्चात बाहिर निर्यात हुने गरेको पाइएको छ भने,नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गर्ने टिपरका कारण पूर्व पश्चिम लोकमार्गका साथै शाखा सडकखण्ड भत्केर आवतजावत गर्न समेत समस्या भएको स्थानीयले बताए।
यता, नगरपालिकाका इन्जिनियर पण्डीतको संकलकको रुपमा स्थानीय निर्माण व्यावसायी किरण घिमिरेको साथ रहेको पाइएको छ । घिमिरेले विचौलियाको रुपमा नगर भित्रका योजनाहरुको कमिसन,ठेक्का पट्टाहरुको कमिसन असुल्ने र उनै नगरपालिकाका इन्जिनियर पण्डीतलाई मार्फत नगरपालिकाका अन्य शाखाहरुमा पठाईने गरेको समेत पाइएको छ ।