बागमती नगपरपालिकाले रोजगार रणनीति तर्जुमा गर्न छलफल गर्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१८ गते   ४७८ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगपरपालिकाले रोजगार रणनीति तर्जुमा गर्न छलफल गर्ने भएको छ । नेपाल सरकार रोजगार सेवा केन्द्रले सम्पादन गर्नु पर्ने वार्षिक क्रियाकलाप अन्र्तगत बागमती नगरपालिकाले आगामी ५ वर्षका लागि रोजगार रणनीति तर्जुमा गर्न छलफल र सुझाव संकलन गर्ने भएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोख्रेलले जानकारी दिए । 
उनका अनुसार नेपाल सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बागमती नगरपालिकाको रोजगार सेवा केन्द्रले सम्पादन गर्नु पर्ने वार्षिक क्रियाकलाप र बागमती नगरपालिकाको आगामी ५ वर्षका लागि रोजगार रणनीति तर्जुमा गर्न छलफल र सुझाब संकलनका  गर्न शुक्रबार(आज) कार्यक्रम राखिएको छ ।
बागमती नगरपालिकाको आगामी ५ वर्षका लागि रोजगार रणनीति तर्जुमा गर्न छलफल र सुझाब संकलन गर्न वडा अन्तरगतका स्थानीय बुद्धीजीवि,उद्योग वाणिज्य संघका प्रतिनिधी, रोजगार दाता,फर्म,व्यवसाय संचालक,प्रतिष्ठान प्रतिनिधि लगायतलाई जेठ १८ गते शुक्रबार(आज) बागमती नगरपालिकाको सभा हलमा उपस्थित हुन सुचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech