हरिपुर स्थित लखनदेही नदीमा अवैध उत्खन्न जनप्रतिनिधि,कर्मचारीदेखि प्रहरी प्रशासन सम्मको मिलेमतो

338 Shares

सर्लाहीको हरिपुर नगरपालिका–८ मा बागमती नदीमा अवैध उत्खन्न भइरहेको पाइएको छ। हरिपुर नगरपालिकाले हरिपुर नगरपालिका ८ स्थित लखनदेही नदीमा अवैध तरिकाले नदीजन्य पदार्थको उत्खन्न भएको पाइएको छ ।बोलपत्र आव्हान अजोस १४ गते र दरभाउपत्र स्विकृत गर्ने आशयको सूचना कार्तिक ५ गते आशय स्वीकृत गरी सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ प्रयोजनका लागि हरिपुर नगरपालिका ८ स्थित लखनदेही खोलाकोे नहरको पुल देखी हरिपुर नगरपालिका ९ को पिडारी सम्म १८ लाख २० हजार सात सय ८९ रुपैँया सात पैसामा श्री न्यू जय हनुमान जेनेरल अर्डर सप्लायर जनकपुर १४ धनुषाले ठेक्का पाएको छ ।

Screenshot 2025-05-07 211852.png
आर्थिकवर्षको अन्त्यमा हरिपुर नगरपालिकाले हतार हतारमा नदीजन्य पदार्थको ठेक्का लगाउनुले हरिपुर नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरु माथि समेत शंका सृजना भएको स्थानीयको भनाई छ ।ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न तथा व्यवस्थापन सम्बन्धी मापदण्ड विपरित हरिपुर नगरपालिकाले स्काभेटर चलाउन अनुमती दिएर ४/५ वटा टिपर चलाएर मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् गरेर स्थानीय एक क्रसर उद्योगमा दिने गरेका समेत पाइएको छ ।मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खन्न गर्न स्थानीय जनप्रतिनिधिहरुका साथै स्थानीय प्रहरी प्रशासनको समेत मिलेमतो रहेको स्थानीको आरोप छ ।

सम्बन्धित समाचार