माओवादी केन्द्रले छान्यो १४ समानुपातिक सांसद

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२४ गते   ९२२ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई,मीना तामाङ,उर्मिला माझी पौडेल,छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी,नारायणी शर्मा, रुपा सोसी चौधरी, रणेन्द्र बराइली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, उमरावती देवी यादव र कल्पना मियाँ रहेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय पदाधिकारीको बैठकले ती नामावलीलाई अन्तिम रुप दिएको हो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्र प्रत्यक्षतर्फ १८ स्थानमा विजयी भएको थियो ।

यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १४ सिट प्राप्त गरेको थियो । पदाधिकारीको बैठकले टुङ्गो लगाएका नाम निर्वाचन आयोगमा बुझाइसकेको माओवादी केन्द्र  केन्द्रीय कार्यालय पेरिस डाँडाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech