Close This

सर्लाहीका ६ सय ३ मतदान केन्द्रमा करिब५ हजार कर्मचारी खटाइने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२६ गते   १००३ पटक हेरिएको

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि सर्लाहीमा ४ हजार ८ सय २० जना कर्मचारी मतदान केन्द्रमा खटिने भएका छन् ।
जिल्लाका ६ सय वटा स्थायी मतदान केन्द्र तथा ३ वटा अस्थायी मतदान केन्द्र गरी जम्मा ६ सय ३ वटा मतदान केन्द्रमा ११ जना जगेडा कर्मचारीसहित ४ हजार ८ सय २० जना कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको  छ । कार्यालयका अनुसार जगेडा कर्मचारीहरूमा ११ जना मतदान अधिकृत रहेका छन् ।
जिल्लामा ३ सय १२ वटा स्थायी मतदान स्थल तथा ३ वटा अस्थायी मतदानस्थल गरी जम्मा ३ सय १५ मतदान स्थल रहेका छन् । ४ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा ६ सय १४ मतदान अधिकृत,६ सय सहायक मतदान अधिकृत,३हजार ३ सहायक कर्मचारी र ६ सय ३ सहयोगी कर्मचारी मतदान गराउन खटाउन लागिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
कर्मचारीहरुका असन्तुष्टि
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका विपरीत कर्मचारी खटाउन लागेको भन्दै केही कर्मचारीहरुले असन्तुष्टि पोखेका छन् ।
निर्देशिकाले राजपत्र अनंकित पाँचौं र चौथो श्रेणीको कर्मचारीलाई मात्र सहायक कर्मचारी खटाउन सकिने व्यवस्था गरेको छ । यस्तै स्थायी कर्मचारी नभएमा मात्र करार तथा ज्यालादारीका कर्मचारी खटाउन सकिने,त्यतिले नपुगेपछि शिक्षक खटाउन सकिने व्यवस्था छ ।
मुख्य निर्वाचन अधिकृत एवम सर्लाही  जिल्ला अदालतका न्यायाधीश कवि प्रसाद न्यौपानेले अपवादका रुपमा मतदान अधिकृतको सहजताका लागि मतदान अधिकृत कार्यरत कार्यालयका हलुका सवारी चालक सहायक कर्मचारीमा परेको हुन सक्ने बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech