जिल्ला अदालत सर्लाहीले आर्थिक वर्ष २०७८÷०७९ मा ५७ दशमलव ६४ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७८÷०७९ मा कायम भएका ५ हजार ५ सय ७१ वटा मुद्दामध्ये ३ हजार २ सय ११ वटा मुद्दा फछ्र्योट गरिएको जिल्ला अदालत सर्लाहीले जनाएको छ ।
जिल्ला अदालत सर्लाहीका अनुसार आर्थिक वर्ष २०७७÷०७८ देखि जिम्मेवारी सरेर आएका २ हजार ४ सय ५३ वटा मुद्दा र आर्थिक वर्ष २०७८÷०७९ मा ३ हजार १ सय १८ वटा नयाँ मुद्धा गरी कुल ५ हजार ५ सय ७१ मुद्दा मध्य ३ हजार २ सय ११ वटा मुद्दा फछ्र्योट गरिएको हो । आर्थिक वर्ष २०७८÷०७९ मा ८५ दशमलव ०१ प्रतिशत मुद्धाहरु फछ्र्याेट गर्ने लक्ष्य राखेको जिल्ला अदालतले ५७ दशमलव ६४ प्रतिशत मात्र मुद्धा फछ्र्याेट गरेको छ ।
६ जना न्यायधिश रहेको जिल्ला अदालत सर्लाहीमा न्यायधिश ध्रुव कुमार पियाले ४ सय २,न्यायधिश दुर्गा प्रसाद ढुंङ्गेलले ५ सय ५,न्यायधिश विदुर कोईरालाले ६ सय २९,न्यायधिश रमेशकान्त अधिकारीले ५ सय ३४,न्यायधिश हरि प्रसाद कोईरालाले ६ सय ३२ र न्यायधिश टेकनाथ गौतमले ५ सय ९ गरी ३ हजार २ सय ११ वटा मुद्धा फछ्र्याेट गर्नु भएको श्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिनु भयो । उहाँका अनुसार जिम्मेवारी सरेर आएका २ हजार ४ सय ५३,नयाँ दर्ता २ हजार ६ सय ४८,वार्षक अनुमान लगत ५ हजार १ सय १,वार्षिक फछ्र्याेट लक्ष्य ३ हजार ७ सय ७७ रहेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा सरल किसिमका २ हजार ९ सय ५५ लगत,१ हजार ५ सय ३७ फछ्र्याेट र १ हजार १ सय १० बाँकी रहेका छन् ।समान्य किसिमका १ हजार ५ सय १५ लगत,८ सय २१ फछ्र्याेट र ७ सय ५० बाँकी,विशेष किसिमका ६९ लगत,जिम्मेवारी सरेका सहित २०९ फछ्र्याेट र २ सय ५ बाँकी रहेका छन् ।
मार्ग समूहमा नपर्ने÷डिसीएम लागू हुनु पूर्वका १ हजार ३२ लगत,६ सय ४४ फछ्र्याेट र २ सय ९५ बाँकी रहेका जिल्ला अदालत सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार २०७९ असार मसान्त सम्ममा ५ हजार ५ सय ७१ लगत,३ हजार २ सय ११ फछ्र्याेट र २ हजार ३ सय ६० वटा मुद्धा बाँकी रहेका छन् । भने सरल मार्गको अवधि नाघेपछि सामान्य तथा विशेष मार्गमा मुद्धा परिवर्तन गर्ने कानुनी व्यावस्था समेत रहेको छ ।
अदालतमा दुनियाँवादी देवानी,दुनियाँवादी फौजदारी,रिट,बन्दी प्रत्यक्षीकरण,पुनरावेदन देवानी र पुनरावेदन फौजदारी गरी ७ किसिमका मुद्धाहरु पर्ने गरेका तथ्यांकमा उल्लेख गरिएको छ । जसमा दुनियाँवादी देवानीमा जिम्मेवारी सरेका १ हजार ५ सय ९१ र आ.व २०७८÷०७९ को २ हजार २ सय ४९ गरी ३ हजार ८ सय ४० वटा मुद्धा मध्ये २ हजार २ सय ९६ वटा मुद्धा फछ्र्याेट भएका छन्भने १ हजार ५ सय ४४ वटा मुद्धा बाँकी रहेका छन् । दुनियाँवादी फौजदारीमा जिम्मेवारी सरेका ३ सय ६४ वटा, आ.व २०७८÷०७९ को ३ सय ६७ वटा गरी ७ सय ३२ वटा मुद्धा मध्य ३ सय ९१ वटा मुद्धा फट्र्याेट भएका छन् भने ३ सय ४० वटा मुद्धा बाँकी रहेका छन् । सरकारवादी फौजदारी ४ सय ६१ जिम्मेवारी सरेका,४ सय ३८ नयाँ गरी कुल ८ सय ९९ वटा मुद्धा मध्य ४ सय ४४ वटा मुद्धा फछ्र्याेट भएका र ४ सय ५५ वटा मुद्धा बाँकी रहेका छन् । २४ वटा रिट जिम्मेवारी सरेका,६० वटा नयाँ गरी कुल ८४ वटा मुद्धा मध्य ६९ वटा मुद्धा फछ्र्याेट भएका र १५ वटा मुद्धा बाँकी रहेका छन् । पुनरावेदन देवानी १२ वटा जिम्मेवारी सरेका,४ वटा नयाँ गरी कुल १६ वटा मुद्धा मध्य १० वटा मुद्धा फछ्र्याेट भएका र ६ वटा मुद्धा बाँकी रहेका अदालतको तथयांकमा उल्लेख गरिएको छ । पुनरावेदन फौजदारी १ वटा जिम्मेवारी सरेको र सो मुद्धा फछ्र्याेट भईसकेको छ । गरी आर्थिक वर्ष २०७८÷०७९ मा कुल जिम्मेवारी सरेका मुद्धा २ हजार ४ सय ५३,नयाँ ३ हजार १ सय १८ गरी ५ हजार ५ सय ७१ वटा मुद्धा मध्य ३ हजार २ सय ११ वटा मुद्धा फछ्र्याेट भएका र हजार ३ सय ६० वटा मुद्धा बाँकी रहेका छन् । जिल्ला अदालतका अनुसार कुल मुद्धाको ५७ दशमलव ६४ प्रतिशत फछ्र्याेट भएको हो ।
अदालतले आर्थिक वर्ष २०७८÷७९ को साउनमा २ सय ३ लक्ष्यमा १ सय ३९, भदौमा ३ सय ३६ लक्ष्यमा १ सय ८४,असोजमा २ सय १७ लक्ष्यमा १ सय ६७, कार्तिकमा २ सय ७० लक्ष्यमा २ सय १२,मंसिरमा ३ सय २१ लक्ष्यमा ३ सय ३१,पुषमा ३ सय १८ लक्ष्यमा ६ सय १४,माघमा ३ सय १८ लक्ष्यमा १ सय ६७,फागुनमा ३ सय १४ लक्ष्यमा २ सय ७९,चैतमा ३ सय १६ लक्ष्यमा ३ सय ३०,बैशाखमा ३ सय ५१ लक्ष्यमा १ सय ६१,जेठमा ३ सय ४० लक्ष्यमा २ सय ३० र असारमा ३ सय ६६ लक्ष्यमा ३ सय २३ वटा मुद्धा फछ्र्याेट गरेको श्रेस्तेदार अर्यालले बताउनु भयो ।
२ सय ९४ वटा मुद्धा २ वर्ष नाघि सकेका रहेका छन् भने २ वर्ष नपुगेका २ हजार ६६ वटा मुद्धा रहेका छन् । अदालतले आर्थिक वर्ष २०७४÷०७५ मा ३ हजार ६ सय ८९ लगत र १ हजार ९ सय ११ फछ्र्याेट,आ.व २०७५÷०७६ मा ४ हजार ५ सय ९० लगत र २ हजार ३ सय ८७ फछ्र्याेट,आ.व.२०७६÷०७७ मा ३ हजार ९ सय १५ लगत र २ हजार ७ सय १ फछ्र्याेट,आ.व.२०७७÷०७८ मा ४ हजार ६ सय लगत र २ हजार १ सय ४७ फछ्र्याेट गरेको थियो ।
त्यस्तै अदालतले कैद जरिवाना वापतको रु ३१ करोड ६२ लाख ७२ हजार ७ सय ६४ रुपैँया ८६ पैसा मध्य रु ६४ लाख १९ हजार ९ सय ५५ रुपैँया ८६ पैसा रकम संकलन गरेको छ । भने रु ३० करोड ९८ लाख ५२ हजार ८ सय १४ रुपैँया ८६ पैसा असुल उपर गर्न बाँकी रहेको छ । भने ५ हजार ९ सय २७ वर्ष २ महिना १० दिन कैद सजाय मध्य ८ सय ७० वर्ष ६ महिना ३ दिन फछ्र्याेट भईसकेको र ५ हजार ५६ वर्ष ८ महिना ७ दिन कैद सजाय फछ्र्याेट हुन बाँकी रहेको अदालतको तथ्यांकमा उल्लेख गरिएको छ । जस मध्य रु २९ करोड ४४ लाख ४५ हजार ५ रुपैँया ३६ पैसा र ५ हजार १ सय ८१ वर्ष ३ महिना १९ दिन कैद सजाय जिम्मेवारी सरेको थियो ।
यता, अदालतले १ लाख ५५ हजार ६ सय वटा मुद्धा अभिलेख,५९ हजार ६ सय ६५ वटा मुद्धा कम्प्युटरमा दर्ता र ९५ हजार ९ सय ३५ वटा मुद्धा कम्प्युटरमा दर्ता गर्न बाँकी रहेका कार्यालयले जनाएकोे छ । वैयतिक कानुन व्यावसायीबाट १ हजार १ सय सेवा प्रदान भएका र १ हजार१ सय १५ जनाले सेवा लिएका छन् ।
त्यस्तै फैसला कार्यान्वयमा १ हजार४ सय ५७ वटा जिम्मेवारी सरेका र १ हजार १ सय १० वटा नयाँ गरी कुल २ हजार५ सय ६७ वटा मुद्धा मध्य ८ सय ५० वटा मुद्धा फछ्र्याेट भएका छन् भने १ हजार ७ सय १७ वटा मुद्धा कार्यान्वयनको चरणमा रहेका छन् । जिल्ला अदालतमा सबै भन्दा धेरै लेनदेनको मुद्दा दर्ता भएको पाइएको छ ।