बागमतीमा मात्र नभई सर्लाही ३ मा बलियो पकट बनाउँदै बागमतीका नगर प्रमुख थापा,तीन सय ९७ जनाको आँखाको गराए निःशुल्क सल्यक्रिया

1.7k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती नगरपालिका ८ स्थित शंकरपुरमा भएको निःशुल्क आँखाको सल्याक्रियामा तीन सय ९७ जनाले लाभ लिएका छन् । बागमती नगरपालिकाको आयोजना तथा तिलगंगा आखाँ प्रतिष्ठान काठमाण्डौँको संयोजनमा जिल्लाको क्षेत्र नम्बर ३ मा चलेको निःशुल्क आँखा परिक्षण शिविरमा मोतिबिन्दुको समस्या देखिएका तीन सय ९७ जना बिरामीहरुको बागमती नगरपालिकाले निःशुल्क आँखाको सल्याक्रिया गरेको बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएकोछ ।


जिल्लाको क्षेत्र नम्बर ३ का का सबै स्थानीय तहमा भएको निःशुल्क आँखा परिक्षणबाट करिब पाँच हजार जनाले आँखा परिक्षण गराएका र मोतिबिन्दुको समस्या देखिएका तीन सय ९७ जनाको निःशुल्क सल्यक्रिया गरिएको हो ।


जिल्लाको बागमती नगरपालिका,हरिवन नगरपालिका,हरिपुर नगरपालिका १ र बरहथवा नगरपालिकाका साथै बसबरिया गाउँपालिका र रामनगर गाउँपालिकामा करिब एक साता चलेको निःशुल्क आँखा परिक्षण शिविरमा फेला परेका मोतीबिन्दुको समस्याका बिरामीहरुको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाको पहलमा निःशुल्क सल्यक्रिया गरिएको बागमती नगरपालिकाको शिक्षा शाखा संयोजक मिन प्रसाद उपाध्यायले जानकारीदिए ।


निःशुल्क आँखा परिक्षण शिविरमा आँखा परिक्षण गराउँदा मोतिबिन्दुको समस्या देखिएका तीन सय ९७ जनालाई नगर प्रमुख थापाले खान बस्न सहित आँखाको सल्यक्रिया पनि निःशुल्क गर्न सहयोग गरेका भएको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।


उनका अनुसार बागमती नगरपालिका र तिलगंगा आखाँ प्रतिष्ठान काठमाण्डौँको संयूक्त आयोजनामा संचालन भएको निःशुल्क आँखा परिक्षण एवम सल्यक्रिया शिविरमा तिलगंगा आखाँ प्रतिष्ठानका विषेशज्ञ चिकित्सकहरुले मोतिबिन्दुका बिरामीहरुको सल्यक्रिया गरेका हुन ।


आफ्नो पहिलो कार्यकालमा कुनै पनि सरकारी सेवा सुविधा नलिई जनप्रतिनिधि भनेको जनताको सेवक हुन । शासक होईनन् भन्ने राम्रो उद्धहरण बनेका नगर प्रमुख थापाले बागमती नगरपालिकाको नगर प्रमुखमा दोस्रो कार्याकाल पनि दोहोर्याएका छन् । विकास निर्माणको काम र जनताका समस्यामा सधौ तयार रहने नगर प्रमुख थापाले बागमती नगरपालिकालाई  देश कै सात सय ५३ वटा स्थानीय तहहरु मध्य संघियताको अनुभुति समेत दिलाएका छन् ।

भने गाउँ गाउँको सिंहदरवार र संघियताको महसुस बागमती नगरबासीले गरेका छन् । आफ्नो नगरपालिकामा मात्र नभई विकास गर्ने नगर प्रमुख थापा राष्ट्रिय रुपमा परिचित छन् ।

आफ्नो नगरपालिकाका नागरिकहरुलाई परेको समस्या दुःख आफ्नै सम्झेर  दत्तचित्त भएर विकास निर्माण र जनताका समस्यामा लागेका नगर प्रमुख थापाले आफ्नो क्षेत्र नम्बर ३ मापनि राम्रो पकट बनाउन सफल भएका बागमती नगरपालिका ११ का वडा अध्यक्ष प्रदिप आचार्यले बताए ।

सम्बन्धित समाचार