मानव सेवा आश्रमको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । हरिवन नगरपालिका १ रहेको मानव सेवा आश्रमको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी हरिवन उप शाखा र हरिवन नगरपालिका ११ स्थित रहेको स्वाभिमान अस्पताल प्रा.लिको प्राविधिक सहयोगमा मानव सेवा आश्रमको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका हरिवन नगरपालिका १ रहेको मानव सेवा आश्रमको अभिभावक परिवारका औषधी उपचार संयोजक शौर्य प्राताप सिंहले जानकारी दिए ।

उनका अनुसार हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यता,हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष महबुब रेजा,नेपाल रेडक्रस सोसाईटी हरिवन उप शाखाका सभापति भरत कुमार कार्की,मानव सेवा आश्रम,सर्लाहीको अभिभावक परिवार संयोजक सितारम पोखरेल,स्वाभिमान अस्पताल प्रा.लिका अध्यक्ष बेनि बहादुर कार्की,मानव सेवा आश्रम,सर्लाहीको अभिभावक परिवार सह–संयोजक बिप्लब कार्की लगायतको उपस्थितिमा रक्तदान कार्यक्रम गरिएको हो ।संकलन भएको रगत नेपाल रेडक्रस सोसाईटी सर्लाही शाखामा पठाइएको मानव सेवा आश्रम,सर्लाहीका मासिक योगदान प्रर्वधन संयोजक सरोज अधिकारीले जानकारी दिए ।