फुलजोर खोलामा तटबन्ध निर्माण प्रति स्थानीयको आपत्ती

254 Shares

 सर्लाहीको लालबन्दी नगरपालिका १५ र इश्वरपुर नगरपालिका १२ को सीमाना स्थित रहेको फुलजोर खोलामा तटबन्धको काम गर्ने क्रममा गुणस्तरहिन र प्राविधिक स्टमेट विपरित भएको भन्दै स्थानीयले आपत्ती जनाएका छन् ।उनीहरुले आफुहरुलाई कुनै जानकारी नगराई आफहुरुको  तर्फको क्षेत्रलाई असर पर्ने गरी इश्वरपुर नगरपालिका १२ बाट फुलजोर खोला नै चापेर तटबन्ध निर्माण गरिएको र निर्माण स्थलमा सूचना बोर्ड समेत नराखी अपादर्शी तरिकाले काम गरिएको भन्दै स्थानीय आक्रोसित भएका छन् ।
लालबन्दी नगरपालिका १५ तर्फका नागरिकहरुहरुसंग कुनै किसिमको सल्लाह गरी अफाुखुसी निर्माण गरिएको तटबन्धले आफुहरुको खेतमा फुलजोर खोला पस्ने  जोखिम बढेको साथै तटबन्ध निर्माण गर्ने क्रममा ठूलो मात्रामा नदीजन्य पदार्थको निकासी पैठारी भएको र त्यसको राजश्व समेत नगरपालिकामा दाखिला नभएको पाइएको स्थानीयले बताएका छन् ।
यता,सो सम्बन्धमा सम्बन्धीत कार्यालय जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सर्लाहीका प्रमुख उद्धित नारायण ठाकुरलाई सम्पर्क गर्दा उनले पनि विवरण उपलब्ध गराएनन् ।उक्त कार्यमा लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष र इश्वरपुर नगरपालिका १२ का वडा अध्यक्षको मिलेमतोमा निर्माण व्यवसायी इश्वरी चापागाई र जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सर्लाहीका प्रमुख ठाकुरको समेत मिलेमतो रहेको स्थानीयको आरोप छ ।

सम्बन्धित समाचार